छोरी बनिन आफ्नै बाउकी श्रीमती एस्तो रहेछ कारण

अचम्म लाग्ला, एक छोरी आफ्नै बाउकी श्रीमती बनिन् भनेको सुन्दा । तर यो सत्य हो । घटना हङकङको हो । सौतेनी आमा भित्रिन नदिन ती युवतीले आफ्नै बुवासँग यौन सम्बन्ध राखेकी हुन् ।

उनी आफना बाबुले भित्र्याउन लागेकी दोस्रो पत्नीलाई चिन्थिन । र उनलाई उनी मन पराउँदैन थिइन् । त्यसैले उनी आफ्नै बुवासँग सुतिन् । यस सम्बन्धी मुद्दा हङकङको अदालतमा विचाराधिन छ । २६ वर्षीया ती युवतीले सन् २००९ मा आफ्नो बाउसँग दुई पटक यौन सम्वन्ध राखेकी थिइन् ।

युवतीका वकिलले अदालतमा पेश गरेको मनोवैज्ञानिक रिपोर्ट अनुसार युवती बाउसँग पहिलेदेखि नै आकर्षित भएको देखाउँछ । यसैकारण छोरीले बाउलाई यौन संम्वन्धको प्रस्ताव राखिन् र बाउले पनि हुन्न भन्न सकेनन् ।

हङकङको जिल्ला अलदालतका अनुसार बाउ छोरीबीचको यो सम्वन्ध त्यतिखेर भएको हो जतिबेला युवती मात्र १९ वर्षकी थिइन् । घटनाको खुलासा त्यतिखेर भयो जब स्कूल पढदै गरेका युवतीका भाइले यस्तो भिडियो देखे । आफ्ना बाउ र दिदीबीचको यौन क्रिया देखेर डराउँदै उनले यो भिडियो प्रहरीलाई बुझाए । तर, यो सहमतिमै सम्भव भएको हो भन्ने उनलाई थाहा थिएन ।

युवतीका वकिलले अदालतमा यसलाई अपवादको घटना भनेका छन् । युवतीले आफनै बाउलाई यसकारण यौन सम्वन्धको प्रस्ताव राखिन की उनले अर्को विवाह नगरुन । युवतीले सबै आरोप र सजायको भागिदार आफू नै भएको भन्दै बाबुलाई यस मामलामा नतान्न आग्रह गरेकी छन् ।

अहिले युवतीको परिचय सार्वजनिक गरिएको छैन । युवतीका वकिलले अदालतसंग आग्रह गरेका छन् कि यो क्रियाकलापले समाजका अरु कसैलाई कुनै नोक्सान नपु¥याएकाले युवतीलाई कुनै किसिमको सजाय हुनु हुँदैन ।

यद्यपी अदालतले घटनाअघिको रिपोर्ट माग्दै युवतीलाई कैदमा नराखी सजाय दिन सकिने वा नसकिने विषयमा सोधेको छ । तर, अदालतले बाउलाई सजायबाट उन्मूक्ति दिन भने ठाडै अस्वीकार गरेको छ । यो घटनामा अदालतले यही १२ जुनमा फैसला सुनाउने भएको छ । एजेन्सीहरुको सहयोगमा

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.