रिलिज नहुँदै रणबीरको फिल्मले तोड्यो आमिरको रेकर्ड !

२१ जेठ, एजेन्सी । राजकुमार हिरानी हिजोआज रणबीर कपूरसँग संजय दत्तको बायोपिक बनाउँनमा व्यस्त छन् । यस फिल्मअघि राजकुमारले आमिर खानसँग ‘थ्री इडियट्स’ र ‘पिके’जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका छन्, जुन फिल्मले निक्कै राम्रो कमाई गरिसकेका छन् ।

अब रणवीर कपूरको यो फिल्मले आफ्नो फिल्म रिलिज नहुँदै कमाईको मामिलामा आमिर खानलाई जितेका छन् । आमिर खानको ‘पीके’लाई रणवीर कपूरको आफ्नो आगामी फिल्मले रिलिज नहुँदै जितेको छ ।

खबरलाई मान्ने हो भने संजय दत्तको बायोपिकलाई ‘राइट फोक्स स्टार इन्डिया स्टूडियो’ले १८० करोड भारुमा किनेको छ । यसअघि हिरानीको पछिल्लो फिल्म ‘पीके’लाई यही स्टूडियोले ११० करोड भारुमा किनेको थियो ।

राजकुमार हिरानीको ‘३ इडियट्स’ र ‘पिके’ले बक्स अफिसमा राम्रै कमाई गरेको थियो । फक्स स्टार स्टुडियोले संजयको बायोपिकलाई ७० करोड रुपैयाँ बढीमा फिल्मको राइट्स पनि किनेको छ । यसले बक्स अफिसमा फिल्मको सफलताको अनुमान लगाउँन सकिन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.