जब साउदी राजकुमारले जुवामा ३६ करोड डलर र पाँचवटी श्रीमती हारे !

साउदीका राजकुमारले जुवामा ३६ करोड डलर र पाँवटी श्रीमती हारेका छन् । उनले श्रीमतीलाई दाउ लगाउनु अघि उनले जुवामा झण्डै ३६ करोड डलर अर्थात् १ अर्ब ३५ करोड साउदी रियाल हारेका थिए । साउदी अरबका राजकुमार मजिद बिन अब्दुल्लाह अल साउद लागुऔषध तथा जुवाका लागि विश्वभरनै कुख्यात छन् । इजिप्टको शार्म अल शेखमा रहेको सिनाई ग्राण्ड क्यासिनोमा एक हप्ता बिताउँदा उनले अनलिमिटेड स्टेक्स पोकर टेवलमा ६ घण्टा बिताएर जुवा खेलेका थिए । त्यसक्रममा उनले आफुसँग भएको ३६ करोड डलर सके र ऋण पनि लाग्यो ।

त्यसपछि जुवामा लागेको ऋण तिर्नका लागि उनले आफ्ना ५ वटा श्रीमतीलाई अढाई करोड डलरमा दाउ लगाए । उनले श्रीमतीहरु दाउमा हारे र त्यहीँ छाडेर हिँडेको बताइएको छ ।

राजकुमारले जुवामा हारेर क्यासिनोमा छाडिएका रजघरानाका बुहारीहरुको अवस्था के हुने भन्ने प्रष्ट नभएपनि साउदी राजपरिवारले उनीहरुलाई छिटै नै जुवाघरसँगबाट खरीद गरेर साउदी फर्काउने अनुमान गरिएको छ । यदि त्यसो भएन भने उनीहरु केही महिनामै यमन र कतारमा लिलामीमा बेचिनेछन् ।

साउदी राजकुमार अल साउद यस्ता विवादमा आएको यो पहिलोपटक होइन । गत वर्ष उनले अमेरिकामा एक पुरुष सहयोगीमाथि यौनहिंसा गरेको र घरेलु महिला कामदारमाथि पनि बलात्कार गरेको आरोप लागेको थियो । एजेन्सी

नाेट: याे समचार सत्य हाेइन । व्यंग्यात्मक तथा मनोरञ्जनात्मक काल्पनिक समाचारहरु प्रकाशित गर्ने वेबसाइट worldnews daily report.com ले प्रकाशित गरेको यो समाचार कपोलकल्पित हाे ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.