एजेन्सी : अमेरिकाले नै आईएसलाई निरन्तर सहयोग गरिरहेको आरोप इरानले लगाएको छ । इरानका एक बरिष्ठ अधिकारीले अमेरिकाले आईएसलाई सहयोग गर्ने मात्र नभई निरन्तर उनीहरुसँग मिलेर काम गरिरहेको दावी गरेका छन् । उनले आफूहरुसँग त्यसलाई प्रमाणित गर्ने कागजात समेत रहेको दावी गरेका छन्।
इरानी समाचार इजेन्सीका अनुसार इरानको सशस्त्र सुरक्षा बलका सहायक चिफ मेजर जनरल ‘मुस्तफा इजादी’ले आइतबार यस्तो धारणा व्यक्त गरेका हुन् । इजादी भन्छन् ‘अमेरिकी साम्राज्यवादले पुरै मध्यपूर्व एशियामा कुनै न कुनै तरिकाले आईएसलाई प्रत्यक्ष सहयोग गरिरहेको छ । त्यो कुरा पुष्टि गर्नका लागि हामीसँग कागजात र थुप्रै जानकारीहरु छन् ।’ इस्लामिक स्टेटका कारण इस्लामिक देशमा हिंसा र नरसंहार भई ती राष्ट्र वर्वादीतर्फ गइरहेको उनले तर्क गरे ।
अमेरिकाले आईएसलाई गोप्य रुपमा सहयोग गरी मध्यपूर्वी एसियालाई युद्धमा होम्ने र त्यसबाट आफू फाइदा लिने रणनीति अपनाएको इजादीले बताए । अमेरिकाले नयाँ तरिकाबाट इरानलाई क्षति पुर्याउन लागि परेको इजादीले आरोप लगाए ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.