सद्दामलाई फाँसी दिँदा रोएका थिए अमेरिकी सैनिक

लण्डन। सद्दाम हुसेनको सुरक्षामा खटिएका १२ अमेरिकी सैनिक सद्दामको अहल साथी थिएनन्, तर उनको जीवनका अन्तिम साथी थिए।
सद्दामको अन्तिम अवस्थासम्म साथ दिएका ५५१ मिलिट्री पुलिस कम्पनीबाट चुनिएका यी सैनिकलाई ‘सुपर ट्वेल्व’ नामले बोलाइन्थ्यो।

ती मध्ये एक विल बार्डेनवर्परले एउटा किताव लेखेका छन्, ‘द प्रिजनर इल हिज प्यालेस, हिज अमेरिकनगार्डस्, एण्ड ह्वाइट हिस्ट्री लेफ्ट अनसेड’ जसमा उनले सद्दामको सुरक्षा गर्दै अन्तिम दिनका विवरण उल्ल्ेख गरेका छन्। बार्डेनवर्परले जब सद्दाम हुसेनलाई फाँसी दिइँदै थियो, त्यतिबेला सद्दामको सुरक्षामा खटिएका सबै सैनिकको आँखामा आसु आएको आफ्नो किताबमा उल्लेख गरेका छन्।

बार्डेनवर्परले आफ्ना एक साथी एडम रोजरसनलाई उद्धृत गर्दै लेखेका छन्, ‘हामीले सद्दामलाई एक मनोविकृत हत्याराको रुपमा कहिले पनि देखेनौं। हामीलाई उ सद्दाम आफ्ना हजुरबुवा जस्ता लाग्थे।’ सद्दामाथि १४८ जना विरोधीलाई हत्या गर्न आदेश दिएको भन्दै मुद्दा चलाइएको थियो।

सद्दामले इराकी जेलमा आफ्ना अन्तिम दिन अमेरिकी गायिका मेरी जे ब्लाइजाको गीत सुन्दै बिताएका थिए। उनी आफ्नो पुरानो बाइकमा बस्न रुचाउँथे, जसलाई उनले ‘पोनी’ नाम दिएका थिए। सद्दामलाई गुलियो खाने निकै शोख थियो, उनी सँधै मफिन खान मन पराउँथे। बार्डेनवर्पर लेख्छन्, ‘आफ्नो अन्तिम दिनमा सद्दाम आफूहरुप्रति निकै विनम्र थिए। उनले त्यो अवधिमा आफू कुनै समयका क्रुर शासक भएको आभाष दिएनन्।’

सद्दामलाई ‘कोहिबा’ चुरोट खाने शोख थियो। जसलाई सद्दाम चिसो पाइपको डिब्बा भित्र राख्थे। उनले धेरै पहिला आफूलाई फिडेल क्यास्त्रोले चुरोट खान सिकाएको बताएका थिए।

बार्डेनवर्परले आफ्नो पुस्तकमा उल्लेख गरे अनुसार सद्दामलाई बगैंचाका निकै शोख थियो, र उनले आफ्नो परिसरमा बगैंचा बनाएका थिए। उनी आफ्नो खाजामा पहिला अमलेट, मिठाइ र ताजा फलफुल लिने गर्थे। यदि गल्तीले अमलेट बाँचियो भने बाँकी खाना पनि खाँदैन थिए। बार्डेनवर्परले विगत सम्झिँदै उल्लेख गरेका छन्, ‘सद्दामले आफ्ना छोरा उदयको क्रुरताको एक वीभत्स किस्सा सुनाएका थिए। जसका कारण भावुक भएका थिए।

उदयले एक पटक पार्टीमा गोली चलाएका थिए, जसका कारण धेरै मानिसको ज्यान गएको थियो भने कयौं मानिस घाइते भएका थिए। सो घटनापछि आक्रोशित सद्दामले उदयको सबै कारमा आगो लगाउन आदेश दिए। सद्दामले उदयका निकै महंगा कार रल्स रायस, फरारी र पोर्श कारको संग्रहमा आगो लगाउन आदेश दिएका थिए र, ती कारमा लगाएको आगोलाई एकोहोरो भएर हेरेका थिए।

सद्दामको सुरक्षामा खटिएका एक अमेरिकी सैनिकले सद्दामलाई भनेका थिए, ‘तपाइँको भाइको मृत्यु भयो।’ आफ्नो भाइको मृत्यु भएको खबर सुनेपछि सद्दामले ती अमेरिकी सैनिकलाई गला लगाउँदै भने, ‘आजदेखि तिमी मेरा भाइ।’

सद्दामले एक अर्का सैनिकलाई भनेका थिए, ‘यदि मलाई मेरो धनको प्रयोग गर्ने अनुमति मिल्यो भने तिम्रो छोराको कलेजको खर्च म व्यहोर्छु।’
एक रात सबैले २० वर्षीय सैनिक डनसलाई शरीरमा फिट नभएको शुटमा हिँड्दै गरेको देखे। पछि थाहा भयो की त्यो शुट सद्दामले उनलाई उपहार दिएका रहेछन्। बार्डेनवर्परले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्, ‘कयौं दिनसम्म हामी डनसलाई देखेर हास्यौं। किनभने त्यो शुट लगाएर उ यसरी हिँड्थ्यो की कुनै फेशन सोमा क्याटवाक गरेको होस्।’

सद्दाम र उनको सुरक्षामा खटिएका सैनिकबीच निकै राम्रो मित्रता भएको थियो। तर सैनिकलाई सद्दामको नजिक जान प्रतिबन्ध लगाइएको थियो। सद्दामलाई उनीमाथि लगाइएको मुद्दाका क्रममा जेलमा राखिएको थियो।

एकतर्फ बगदादमा अन्तर्राष्ट्रिय ट्राइब्युनलको महल थियो भने अर्कोतर्फ उत्तर बगदादमा सद्दामको एक भव्य महल थियो। जुन एक द्विपमा थियो, त्यो महलमा पुग्न पुल पार गरेर जानुपथ्र्यो। बार्डेनवर्परले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्, ‘हामीलाई सद्दामलाई त्यो भन्दा धेरै केही पनि दिएनौं, जसको उनी हकदार थिए। तर हामीले उनको गरिममाथि कहिले पनि आँच आउन दिएनौं।’ स्टीव हचिंसन, क्रिस टास्कर र अन्य केही सैनिकले एक स्टोर रुमलाई सद्दामको कार्यालय बनाउने कोशिस गरेका थिए।

‘सद्दामलाई ‘सरप्राइज’ बनाउने योजना बनाइयो। पुरानो कोठाबाट एउटा सानो टेवल र छालाको कभर भएको कुर्सी निकालियो। र टेबलमाथि इरानको झण्डा राखियो,’ बार्डेनवर्पर आफ्नो पुस्तकमा लेख्छन्, ‘यो सबैका पछाडि यस्तो विचार थियो की हामी जेलभित्र पनि सद्दामका लागि एक राष्ट्रप्रमुखको कार्यालय जस्तो माहोल बनाउन सकियोस। हामी जसै सद्दाम हुसेनको कोठा भित्र पस्यौं, एक सैनिकले उनको टेलबमा टाँसिएको धुलो सफाइ गर्यो।’
सद्दाम उनकालागि सैनिकले बनाएको कुर्सीमा बसेर जोडले मुस्कुराए। सद्दाम सधैं त्यो कुर्सीमा आएर बस्थे र उनको सुरक्षामा खटिएका सैनिकलाई अगाडि राख्थे। यस्तो माहोल हुन्थ्यो की सद्दाम आफ्नै दरबारमा छन्।

बार्डेनवर्पर भन्छन्, ‘सैनिकको पुरै कोशिस यही हुन्थ्यो, सद्दामलाई कसरी हुन्छ खुशी बनाउने। त्यसबापत सद्दाम खुशी हुन्थे र दिनभर खुशीको माहोल हुन्थ्यो।’ कति सैनिकले पछि बार्डेनवर्परलाई बताए अनुसार आफूमाथि केही नराम्रो हुने हो भने पनि सद्दाम आफूलाई बचाउन आफ्नो ज्यानको बाजी लगाउन समेत तयार थिए। सद्दामले मौका मिल्नासाथ आफ्नो सुरक्षामा खटिएका सैनिक परिवारको हाल खबर सोध्ने गर्थे।

यो किताबमा सकैलाई चकित पार्ने किस्सा यस्तो छ। सद्दामलाई मृत्युदण्ड दिएपछि यी सैनिकले शोक मनाएका थिए। जबकी सद्दाम अमेरिकी सबैभन्दा कट्टर दुश्मन थिए। बार्डेनवर्परलाई एक सैनिक एडम रोजरसनले ‘सद्दामलाई फाँसी दिएपछि हामीलाई लाग्यो हामीले उद्दामप्रति गद्दारी गर्यौं हामीले आफूलाई सद्दामका हत्यारा सम्झेका छौं, हामीलाई यस्तो लाग्यो की हामीले त्यस्तो व्यक्तिलाई गुमायौं जो हामीसँग निकै नजिक थिए,’ भनेका थिए।

सद्दामलाई फाँसी दिएपछि उनको शव बाहिर ल्याइएको थियो, त्यतिबेला बाहिर उपस्थित भीडले उनको शवमा थुकेका थिए। बार्डेनर्पर लेख्छन्, ‘ यो देखेर सद्दामको अन्तिम अवस्था सम्म सुरक्षा गर्ने हामी १२ सैनिक मर्माहत भएका थियौं।’

१२ सैनिक मध्ये एक सैनिकले सद्दामलाई फाँसी दिएपछि अमेरिकी सैनिकबाट राजीनामा दिएका थिए। हचिन्सन यतिबेला जर्जियामा बन्दुक र प्राविधिक विषयमा तालिमको कारोबार गर्छन। उनलाई यतिबेला पनि यो सम्झिएर भक्कान्छिन्, आफूहरुलाई ती इराकीहरुसँग उल्झिन आदेश दिइएको थियो, जो सद्दाम हुसेनको शवको समेत अपमान गर्थे। सद्दाम अन्तिम दिनसम्म पनि आफूलाई फाँसी नहुनेमा विस्वस्त थिए।

एक सैनिक एडम रोजरसनले बार्डेनवर्परलाई बताएका थिए, ‘एक दिन सद्दामले उनीसँग भनेका थिए, आफूलाई कुनै महिलासँग प्रेम गर्ने इच्छा छ, जब म जेलबाट छुट्छु म फेरि विवाह गर्छु।’ ३० डिसेम्बर २००६ मा सद्दाम हुसेनलाई विहान तीन बजे निन्द्रबाट व्यूँझाइएको थियो। उनलाई यो पनि बताइयो की केही समयपछि उनलाई फाँसी दिइँदैछ। यो सुन्ने बित्तिकै सद्दाम सिथिल भए।

उनले चुपचाप नुहाए र आफूलाई फाँसीकालागि तयार गरे। आफ्नो फाँसीको केही समय पहिला सद्दामले स्टीव हचिन्सनलाई जेल बाहिर बोलाए र जेलबाट आफ्नो हात बाहिर निकालेर आफ्नो ‘रेमण्ड वील’ कलाइ घडी उनलाई दिए। जब हचिन्सनले घडी लिन अस्विकार गरे, तब सद्दामले जबर्जस्ती त्यो घडी उनलाई दिए। हचिन्सनको जर्जियाको घरको एक सेफभित्र त्यो घडी अहिले पनि टिक–टिक गरिरहेको छ। बीबीसी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.