एसईई नजिता आज बिहान १० बजे

काठमाडौं : गत चैत्रमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा(एसईई)को नतिजा आज बिहान १० बजेभित्रै सार्वजनिक हुने भएको छ । साढे नौबजे एईई परीक्षा समितिको बैठक बस्ने र बैठक सकिए लगतै नजिता सार्वजनिक गरिने तयारी गरिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनु भएको छ ।

विगतका वर्षमा एसएलसी भनिएको परीक्षालाई यस वर्षदेखि शिक्षा ऐन संशोधनसँगै एसईई नामकरण गरिएको हो । गत चैत पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ५ लाख ३८ हजार विद्यार्थी सहभागी भएका थिए ।

यसअघि कक्षा १० अन्तिम परीक्षालाई एसएलसी भनिँदै आएकोमा गत असारमा भएको शिक्षा ऐनको आठौं संशोधनपछि कक्षा १२ को अन्तिममा लिइने परीक्षालाई एसएलसी मानिएको हो । कक्षा १२ सम्मलाई माध्यमिक तह मानिएसँगै एसएलसी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको दायित्व पनि राष्ट्रिय परीक्षा बोर्डमा गएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.