छोरि पढाउन गलैँचा बुन्ने काम गर्छिन् ऋचा शर्मा (भिडियो सहित)

नायीका ऋचा शर्मा गलैँचा उद्योगकी श्रमिक भएकी छिन् । उनले छोरि पढाउन गलैँचा उद्योगमा काम गर्नुपरेको हो । बिहिवार काठमाडौँमा सार्वजनिक गरिएको म्युजिक भिडियोमा ऋचा गलैँचा उद्योगकी श्रमिक बनेकी हुन् । “आकाशैको नौलाखे तारा” बोलको म्युजिक भिडियोमा उनी गलैँचा उद्योगको प्रचार एवं प्रर्वद्धनमा जुटेकी हुन् । रियालिस्टिक चलचित्रमा काम गर्न मन पराउने ऋचाले अब म्युजिक भिडियो पनि रियालिस्टिक खालकै गर्न थालेकी छिन् । गलैँचा उद्योगमा काम गरेर नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ् भन्ने सन्देश “आकाशैको नौलाखे” ताराले दिएको छ ।

म्युजिक भिडियोमा ऋचा विवाहित महिलाको भूमिका छिन् । भिडियोमा उनको एक छोरि पनि देखाईएको छ । ऋचाको श्रीमान बनेर रंगमञ्चका चर्चित कलाकार टिकाभक्त जिरेलले साथ दिएका छन् । गितले रोमान्टिक शैलीमा गलैँचा उद्योगको महत्व र आवश्यकतालाई चित्रण गरेको छ । म्युजिक भिडियोको निर्माण लेवल स्टेप नामक एक अन्तराष्ट्रिय फेयर ट्रेड संस्थाले गरेको हो। नायीका ऋचा शर्माको नयाँ चलचित्र आधालभ आगामी जेठ २६ गतेदेखि रिलिज हुँदैछ । ऋचाले लुट, टलकजंग भर्सेस टुल्के, फस्ट लभ, मेरो लभ स्टोरी लगायत दर्जन बढि हिट चलचित्र दिएकी छिन् । भिडियो

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.