दिशा पटानी र टाइगर श्राफको सम्बन्ध गोप्य छैन । दुबै प्रायः एकैसाथ कयाँै ठाउँमा देखिने गरेका छन् । एक–अर्कालाई दिलदेखि प्रेम गर्ने यो जोडीमा केही दिनयता भने समस्या पैदा भएको छ । दिशाको व्यवहारका कारण टाइगर तनावमा रहेको बताइएको छ । केही दिनपहिले टाइगरको फिल्म ‘मुन्ना माइकल’ को सेटमै दिशा पुगेकी थिइन् ।
पछिल्लो समय टाइगर आफ्नो फिल्मकी अभिनेत्री निद्धी अग्रवालसँग नजिक भइरहेको हल्ला सुनेपछि दिशा तनावमा आएर सुटिङस्थलमै पुगेकी हुन् । यतिसम्म कि श्रद्धा जासुसी गर्न सेटमै पुगिन् । उनले सेटमै पुगेर टाइगरलाई धम्कीसमेत दिइन् । यो जोडीको प्रेमबारे परिवारलाई कुनै समस्या छैन । दुवै पक्षले सहज रुपमा नै लिएका छन् ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.