झापाको मेचीनगरमा एमालेको चुनावी अभियान राँगा गाडामा

विर्तामोड : नेकपा एमाले मेचीनगरले चुनाव प्रचार प्रसारका लागि उम्मेद्वारलाई राँगा गाडामा चढाएर चुनावी अभियान चलाउन थालेको छ । शुक्रबार मेचीनगर नगरपालिकाको बाहुन्डाँगी क्षेत्रमा मेयर, उपमेयर लगायत अन्य उम्मेद्वारहरुलाई राँगा गाडामा चढाएर घर दैलो कार्यक्रम चलाएको हो ।

असार १४ हुने स्थानीय तह चुनावको प्रचार प्रसारका क्रममा एमालेले झापाको मेचीनगर ४ स्थित बाहुण्डाँगी बजार आसपासमा भित्री गाउँमा वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका मतदाता समेतलाई ४ वटा राँगा गाडामा चढाएर मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको थियो ।

एमालेका तर्फबाट मेचीनगर नगरपालिकाको मेयरका उम्मेद्वार विष्णु प्रसाईं, महिला नेतृ मीना पोखरेल उप्रेती, युवा नेता राजु कार्की, खेमराज पोखरेल, अर्जुनकुमार कार्कीलगायतका एमाले कार्यकर्ताहरु चुनावी अभियान लिएर बाहुण्डाँगी पुग्नुभएको हो ।

पार्टीले राजधानी तथा देशैभरी रेल गुडाउने कुरा गरिरहँदा एमालेका स्थानीय कार्यकर्ताले भने गाउँमा उपलब्ध साधनको प्रयोग गरेर भोट माग्न हिँड्न थालेको एमालेका तर्फबाट झापा मेचीनगर ४ का वडा अध्यक्षका उम्मेद्वार अर्जुनकुमार कार्कीले बताउनुभयो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.