काठमाडौं महानगरका नयाँ मेयरको पहिलो निर्णय : वृद्धवृद्धालाई १२ हजार भत्ता, सूर्योदय अगावै फोहोर विर्सजन

काठमाडौं, जेठ १८— काठमाडौँ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ ।

महानगरका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको बैठकले घरघर उत्सर्जन हुने फोहरलाई सूर्योदय अगावै विर्सजन गर्ने व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । कामपाका प्रमुख शाक्यका अनुसार काठमाडौँ महानगरको सरकारी कामकाजको भाषाका रुपमा नेपाली र नेपाल भाषाको प्रयोग गर्ने निर्णय गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घमा नेपालको पहिचानका रुपमा सूचीकृत भएको रञ्जना लिपीलाई समेत कामपाको सबै वडा कार्यालयको बोर्ड र ‘लेटर प्याड’मा प्रयोग गरिने भएको छ ।

दुई वर्ष अघिको भूकम्पबाट पीडित महानगरवासीलाई निजी आवासीय प्रयोजनका घर निर्माण गर्दा निःशुल्क परामर्श सेवा र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुटको व्यवस्था गरिने महानगरले निर्णय गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरघरमै चिकित्सक पठाइने र काठमाडौँ महानगरमा स्थान पहिचान गरी आवश्यक सङ्ख्यामा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय पनि गरिएको छ ।

महानगरलाई २४ घण्टा खुला जीवन्त सहरका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने पनि प्रमुख शाक्यले जानकारी दिए । रासस

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.