शाहरुख खानको विमान दुर्घटनामा मृत्यु ? फ्रान्सेली च्यानलले दियो ‘ब्रेकिङ न्यूज’

एजेन्सी
जेठ १८ – यूरोपको च्यानलले ब्रेकिङ न्यूजमा शाहरुख खानको मृत्युको खबर राखेर सबैलाई अचम्मित बनाइदिएको छ । यद्यपी, उक्त खबर झुटो साबित भयो । यूरोपियन न्यूज नेटवर्कको च्यानल एल पेसले ‘ब्रेकिङ न्यूज’मा शाहरुख खानको विमान दुर्घटनामा मृत्यु भएको भन्ने खबर प्रसारण गरेको छ । उनीलगायत अन्य सातजना एक प्राइभेट जेट गल्फस्ट्रीम G550 बाट पेरिस जाने क्रममा दुर्घटना भएको बताएको छ । च्यानलको समाचारमा दुर्घटना खराब मौसमका कारण भएको बताइएको थियो ।

मुम्बई मिररको खबर अनुसार मुम्बईका ज्वाइन्ट कमिश्नर देवेन भारतीले शाहरुखको समूलाई फोन गर्दा शाहरुख पूर्ण रुपमा स्वस्थ भएको र मुम्बईमा सुटिङ भइरहेको जानकारी दिए ।

रिपोर्टका अनुसार शाहरुखको मृत्युको खबर सार्वजनिक भएको यो पहिलो घटना भने होइन । त्यतिबेला उक्त खबर मुम्बईको आला अफिसरको ह्वाट्सएप ग्रुपमा पनि सार्वजनिक भएको थियो । स्मरण रहोस्, मंगलबार शाहरुख खान आफ्नो अपकमिङ फिल्मको सेटमा भएको एक दुर्घटनाबाट बचेका थिए । दुर्घटनामा अन्य सदस्य घाइते भएका थिए । source:ratopati.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.