एजेन्सी: दिनमा चार पटक दूध दिने गाई एक लाख ७० हजारमा बिक्रि भएको छ। भारतस्थित हरियाणाको हिसार जिल्लामा रहेको गाई महंगो मूल्यमा बिक्री भएको हो।
कुतुकबपुरा गाउँका राजू सैनीले उक्त गाईलाई १ लाख ७० हजारमा सूर्यनगरका निवासी रामकिशन नेहरालाई बेचेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ।
उक्त गाई अमेरिकी जर्सी नस्लको रहेकाले दैनिक ५४ किलो दूध दिने गरेको छ। गाईको दूध दिनमा कम्तिमा पनि चार पटक निकाल्नै पर्छ। गाईका मालिक राजूका अनुसार गाईलाई धेरै नै रेखदेख गर्नुपर्ने हुन्छ। गाईलाई दिनमा तीन चार पटक चिसो पानीले नुहाउनु पर्ने हुन्छ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.