ससुराली गएका ज्वाई सासुले दिएको खानाले गम्भिर बिरामी, श्रीमती र छोराको सोही खानाले मृत्यु

म्याग्दी, २० जेठ । मङ्गला–५ छिस्वाङमा माइत आएका एक महिला र उनका छोराको विषाक्त खानाका कारण ज्यान गएको छ ।
शुक्रबार बिहान ढिंडोसँग आलु र भन्टाको तरकारी खाएका उनीहरु त्यसलगत्तै बेहोस भएका थिए । स्थानीयवासीको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि चारै जनालाई बेनी अस्पताल ल्याइएको थियो ।

बेनी अस्पतालमा उपचारका क्रममा रघुगङ्गा–८ पात्लेखर्ककी २० वर्षीया चिना गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक दिवाकर घिमिरेले जानकारी दिनुभयो । चिनाका श्रीमान् प्रेम गुरुङ (पबहादुर), १४ महिनाका छोरा र आमा झपीकला प्रज्ञाको अवस्था गम्भीर भएपछि बेनी अस्पतालले थप उपचारका लागि पोखरा सिफारिस गरेको थियो । गुरुङको १४ महिनाको छोराको शुक्रबार राति उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ज्यान गएको प्रनि घिमिरेले जानकारी दिनुभयो ।

“दुई जना सासू–ज्वाइँको अवस्था गम्भीर छ, दुवै जनाको उपचार जारी छ” प्रनि घिमिरेले भन्नुभयो । दुई वर्षअघि विवाह गरेका उनीहरु केही दिनअघि ससुराली आएका थिए । प्रहरीले उनीहरुले प्रयोग गरेको पिठो र तरकारी केन्द्रीय प्रयोगशालामा पठाएको जनाएको छ । etajakhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.