युएईमा घरेलु कामदार सम्बन्धी नयाँ विधेयक, पासपोर्ट कामदारले राख्न पाउने

जेठ १८ – युएईमा घरेलु कामदार सम्बन्धी नयाँ विधेयक पास भएको छ । फेडरल नेशनल काउन्सिल (एफएनसी)ले गएको मंगलबार विधेयक पास गरेको हो ।

विधेयक अनुसार युएईमा घरेलु कामदारले साप्ताहिक र वार्षिक विदा पाउने, मासिक ३० दिनको तलव पाउने छन् । विधेयकले घरेलु कामदारका रुपमा काम गर्ने नेपाली सहित आप्रवासी कामदारको सुरक्षाको विषयलाई बढवा दिएको छ ।

त्यस्तै, घरेलु कामदारले आफ्ना व्यक्तिगत कागजपत्रहरु पासपोर्ट, परिचय पत्र र काम गर्न पाउने अनुमती पत्र साथमा राख्न पाउने अधिकार सुनिश्चित गरेको छ ।

घरेलु कामदारले दिनमा १२ घण्टा आराम गर्न पाउने, सुरक्षित रुपमा काम गर्ने वातावरण लगायतका विषयलाई प्रथमिकता दिइएको छ । घरेलु काम गर्ने कामदारलाई जात, धर्म, लिङ्ग, रङ, राजनीतिक विचार लगायतका आधारमा विभेद गर्न नपाउने व्यवस्था गरेको छ ।

त्यहाँको सरकारी तथ्याङ्क अनुसार युएईमा झण्डै सात लाख ५० हजार घरेलु कामदार कार्यरत छन् । तथ्याङ्क अनुसार युएईको आबुधाबी, दुवई र सारजहाँमा धेरै आप्रवासी कामदार घरेलु कामदारका रुपमा कार्यरत छन् ।

घरेलु काम गर्नका लागि उमेर १८ वर्ष पुगेको हुनु पर्दछ । युएईमा काम खोजेर लगाईदिने एजेन्सीहरुले पनि घरेलु काम गर्न जानु अघि नै कामको प्रकृति, पाउने मासिक तलव, काम गर्ने समय र भिसाको बारेमा जानकारी गराउन पर्दछ । साथै उनीहरुले अभिमुखिकरण तालिम लिएको हुनु पर्दछ ।

घरेलु काममा कामदार लानु अघि रोजगारदाता र कामदारबिच गर्नु पर्ने काम लगायतका विषय समेटिएको सम्झौता पत्रमा हस्ताक्षर गर्नु पर्नेछ ।

एफएनसीका ह्युमन रिसोर्स कमिटिका अध्यक्ष आजा सुलेमानले यो विधेयकले युएईमा काम गर्ने घरेलु कामदारको अधिकारलाई फराकिलो र सुरक्षित बनाएको बताउँदै कामदारको सुरक्षाका लागि यो ऐन प्रभावकारी हुने बताउनु भएको छ । ujyaaloonline

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.