कतारमा बस्ने नेपालीलाई खुसीको यस्तो खबर

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले कतारको कूटनीतिक समस्याले त्यहाँ कार्यरत नेपाली कामदारलाई तत्काल कुनै असर नगर्ने बताएका छन् ।

बिहीबार नयाँ पत्रिकासँगको कुराकानीमा उनले भने, ‘श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच हरेक दिन कतारको पछिल्लो अवस्थाको अपडेट लिने र अब चाल्नुपर्ने कदमका विषयमा छलफल जारी छ । त्यहाँको अवस्था सामान्य छ, तत्काल कुनै निर्णय दिनुपर्ने अवस्था छैन ।’ नेपाल सरकारको सम्पूर्ण ध्यान अहिले कतारमै रहेकोसमेत उनले बताए ।
सबै निकाय तयारी अवस्थामा

मन्त्री मन्सुरका अनुसार अहिले कतारस्थित नेपाली दूतावास, त्यहाँ कार्यरत श्रमसहचारीलगायत निकायबाट हरेक अवस्थाको अपडेट लिने काम भइरहेको छ । मन्त्रालयमातहतका निकाय र नेपाल सरकारका अन्य सरोकारवाला निकायलाई कतारमा कामदारबारे आउन सक्ने सम्भावित समस्याबारे तयारी अवस्थामा रहन आग्रह गरेको उनले जानकारी दिए ।
जारी छ श्रम स्वीकृति

नेपालबाट कतारका लागि श्रम स्वीकृति लिने युवाको क्रम अहिले पनि जारी छ । वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीका अनुसार पछिल्लो समय श्रम स्वीकृति लिने युवाको संख्या सामान्य घटे पनि यसको ठोस कारण भने अहिल्यै भन्न सकिने अवस्था छैन । ‘रमजानको वेला अघिल्ला वर्षमा पनि श्रम स्वीकृति घट्ने भएकाले कतारको कूटनीतिक संकटकै असर हो भन्न सकिन्न,’ उनी भन्छन् । श्रम स्वीकृति लिने कति युवा विदेश गए भन्ने तथ्यांक श्रम तथा रोजगार मन्त्रालयमातहतका कुनै निकायसँग छैनन्, जसले गर्दा कतार जाने कामदार घटे या बढे भन्ने यकिन भन्न सकिँदैन ।
कतारमा कामदारको माग घटेको छैन : व्यवसायी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार अहिले पनि कतारमा कामदारको माग घटेको छैन । ‘कतारमा कामदारको माग सामान्य अवस्थाकै बराबरी छ,’ संघका अध्यक्ष विनोदप्रसाद ढकाल भन्छन्, ‘हामी त्यहाँस्थित रोजगारदाता कम्पनीसँग सम्पर्कमा छौँ ।’
परिस्थिति सामान्य हुने आँकलन छ
फरमुल्लाह मन्सुर
मन्त्री, श्रम तथा रोजगार
नेपाल सरकारको ध्यान अहिले कतारतर्फ केन्द्रित छ । सम्भावित सबै परिस्थितिको सामना गर्न सबै निकाय तयारी अवस्थामा छन् । तर, हाम्रो आँकलनअनुसार कतार समस्या छिटो र शान्तिपूर्ण रूपमा समाधान हुन्छ । तत्काल कतारबारे कुनै निर्णय लिनुपर्ने अवस्था आइसकेको छैन । imandarmedia

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.