‘आधा लभ’ प्रिमियरपछि करिश्माले खुलेर गरिन चलचित्रको प्रशंसा …

ऋचा शर्मा चरित्रमा डुबेर अभिनय गर्ने अभिनेत्रीको रुपमा परिचित छिन् । तर, उनको मुख्य भूमिका रहेका कमै चलचित्रले मात्रै सफलता पाएका छन् । टलकजंग भर्सेज टुल्के, लुटलगायतका चलचित्रबाट उनको अभिनय कौशलबारे दर्शक राम्रै जानकार छन् । फर्स्ट लभ, मेरो लभ स्टोरी, को आफ्नोलगायतका चलचित्रमा उनले गरेको अभिनयको पनि उत्तिकै प्रशंसा भएको थियो ।

चलचित्र भिषा गर्लमार्फत चलचित्र निर्माणमा समेत होमीएकी ऋचाको ‘आधा लभ’ को भव्य प्रिमियर गरिएको छ । कमलपोखरीस्थित कुमारी हलमा भएको प्रिमियरमा नायिका करिश्मा मानन्धर, श्वेता खड्का, रिमा विश्वकर्मा, गौरी मल्ल, टीका पहारी खगेन्द्र लामिछानेलगायतको उपस्थित थियो । ऋचा र अर्पण थापाको संयुक्त लगानीमा निर्माण भएको चलचित्रलाई अर्पणले नै निर्देशन गरेका हुन् ।

जेठ २६ गते (शुक्रबारबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘आधा लभ’ प्रिमियरपछि करिश्माले चलचित्रको प्रशंसा गरेकी छिन् । उनले फेसबुकमा समेत चलचित्रमा कलाकारको अभिनय अब्बल रहेको भन्दै खुशी तथा शुभकामना व्यक्त गरेकी छिन् ।

यस्तै, नायिका रिमा विश्वकर्माले पनि आधा लभको खुलेरै प्रशंसा गरेकी छिन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.