धादिङमा भूकम्प, एक मजदुरको मृत्यु, एक बालक घाइते

धादिङ, असार ७ – बुधबार बिहान भूकम्पको धक्काका कारण दक्षिणपूर्वी धादिङको धुनिबेशि नगरपालिका-५ मा इट्टा भट्टामा काम गर्ने एक मजदुरको ज्यान गएको छ । एक घाइते भएका छन् ।

बुधबार बिहान १० बजेर २५ मिनेट जाँदा मकवानपुरको चितलाङमा केन्द्र विन्दु बनाएर ३ दशमलव २ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

इट्टा भट्टामा काम गर्ने मजदुर भट्टामा रहेको इट्टा मिलाउँदै गर्दा आएको भूकम्पको धक्काका कारण इट्टाले लागेर घटना भएको हो । इट्टाले लागेर भारत दरवंगाका मजदुर ३५ वर्षका रिजन सदाईको घटनास्थलमै ज्यान गएको हो । उनका छोरा १० वर्षका दलम सदाई घाइते भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ । ujyaaloonline

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.