कतार स्थित नेपाली दुताबासले जारी गर्‍यो कामदार फिर्ता पठाउने बारे औपचारिक धारणा

खाडी मुलुकको आन्तरिक राजनीतिमा नेपाल ‘मुछिन’ नहुने भन्दै कुनै पनि औपचारिक धारणा तत्काल बाहिर ल्याउन नहुने सुझाव त्यहाँस्थित नेपाली दूतावासहरूले परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई दिएका छन् ।

‘यो सुन्नी मुस्लिम बाहुल्य खाडी मुलुकहरूको नितान्त आन्तरिक मामिला हो । अहिले हाम्रा नागरिकलाई कुनै भौतिक असुविधा तथा असुरक्षा छैन,’ खाडीस्थित नेपाली दूतावासहरूले परराष्ट्रलाई दिएको जानकारीमा उल्लेख छ, ‘गल्फ को–अपरेसन काउन्सिल (जीसीसी) बीच यस्ता समस्या यसअघि पनि आएको र समाधान भएको उदाहरण छन् । त्यसैले हतारिन हुँदैन ।

हामी अध्ययनमा नै छौं ।’ समस्या समाधान गर्न खाडी मुलुकबीच आन्तरिक रूपमा पहल भइरहेको पनि परराष्ट्रलाई जानकारी दिइएको छ ।

खाडी मुलुकस्थित दूतावास स्रोतहरूका अनुसार जीसीसी मुलुकमा नेपाली, भारतीय, बंगाली, पाकिस्तानी, श्रीलंकन नागरिकहरू वैदेशिक रोजगारी तथा व्यवसायीमा संलग्न छन् । कतारमा भारतीयपछि नेपालीको संख्या बढी छ ।

अहिले कतारमाथि नाकाबन्दी भएकाले त्यहाँमात्र समस्या हुन सक्छ । तर, अरू खाडी मुलुकमा समस्या छैन । ती खाडी मुलुकका कूटनीतिक नियोगका प्रमुखहरू आफ्ना नागरिकको अवस्थाबारे त्यहाँको सरकार र आपसमा समेत छलफल गरिरहेका छन् ।

‘जीसीसीको आन्तरिक समस्याले तत्काल विदेशी नागरिकलाई त्यहाँ कुनै असर गर्दैन । खाद्यान्न संकट हुने जस्ता विषयमा सत्यता छैन । यो समस्या लम्बिने अवस्था देखिएको छैन ।

त्यो अवस्था आए मात्र हामीले सोच्नुपर्छ,’ खाडीमा रहेका दक्षिण एसियाली मुलुकका राजदूतहरूको बुझाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

नेपाली दूतावासहरूले सम्भावित चुनौतीबारे खाडी मुलुकमा कामदार रहेका अन्य मुलुकसित छलफल भइरहेको जानकारी परराष्ट्रलाई पठाएका छन् ।

‘खाडी मुलुकहरूमा एकले अर्काप्रति गर्ने व्यवहार र आत्मसम्मानमा अन्तरनिहित यो समस्या आन्तरिक रूपमा नै समाधान हुनेछ,’ विज्ञहरूलाई उद्धृत गर्दै उनीहरूले पठाएका छन् ।

यो विषयमा तत्काल जनशक्ति उपलब्ध गराउने मुलुक सामेल हुनुहुँदैन भन्दै विवादित मुलुकहरूबीचमै हुने संवादबाट यो समाधान हुने संकेत पाइएको दाबीसमेत नेपाली कूटनीतिज्ञहरूको छ । ‘हामी निरन्तर छलफलमा छौं । मन्त्रालयबाट आएको निर्देशनअनुसार अघि बढेका छौं ।

कतार सरकार र कतारमा रहेका अरू मुलुकका राजदूतहरूसँग छलफलमा छौं,’ कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले टेलिफोनमा भने, ‘कतार सरकारसँग मात्र होइन हामी दक्षिण एसियाली मुलुकका राजदूतबीच पनि छलफल र सम्पर्कमा छौं ।’

कतारको अवस्था सामान्य रहेको बताउँदै उनले भने, ‘नेपालीहरूलाई कुनै समस्या आएमा हामीले दूतावासको नम्बर विभिन्न माध्यमबाट सर्कुलर गरेका छौं ।’ कुनै पनि समयमा फोन उठ्नेछ ।

टर्कीबाट आयो डेरी पदार्थ,बजार सामान्य बन्दै

बासिन्दाहरुको दैनिक माग पुरा गर्न टर्की बाट पर्याप्त मात्रामा ताजा दुधजन्य पदार्थहरु कतार भित्रीएको छ।साथै यी पदार्थ पहिलेको बजार भाउ भन्दा कम मुल्यको रहेको छ।

दुध,दही,लबन लगायतका अन्य दुधजन्य पदार्थ बिहीबार बेलुका नै कतार भित्रीएको थियो र शुक्रबार बिहान देखि सम्पुर्ण मार्केटहरुमा उपलब्ध रहेका छन्।जसमध्ये दुध प्रती लिटर ५ रियाल सम्मको रहेको छ।

बढेको कुटनीतिक समस्या पछि साउदी,युएई लगायतका छिमेकी राष्ट्रहरु बाट भएका स्थल,हवाई र जल मार्गको नाकाबन्दी पछि कतारमा दुधजन्य पदार्थको केही अभाव देखिएको थियो।

तर कतारमै बन्ने बलद्ना,डन्डी,घदिर जस्ता कम्पनीका डेरी सामानहरुले बजार धान्दै आईरहेको थिए।अहिले टर्की बाट सामान आयात भएपछि भने बजार सामान्य बनेको आजको पत्रीकाहरुमा लेखिएको छ

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.