जीवन बलिदान गर्छु तर बङ्गाल टुक्रिन दिन्न: ममता बेनर्जी

भारतमा बस्ने नेपाली भाषीका लागि छुट्टै संघीय प्रदेश माग गर्दै चर्किएको गोर्खाल्याण्ड आन्दोलनविरुद्ध राज्य सरकारले चर्को दमन सुरु गरेपछि गोर्खा जनमुक्ति मोर्चाले सर्वदलीय बैठकको आह्वान गरेको छ।

आन्दोलनको नेतृत्व गरिरहेको मोर्चाले सर्वदलीय बैठक मार्फत् आगामी रणनीति तय गर्ने बताएको छ।

आन्दोलनविरुद्ध बङ्गाल सरकारले चर्को दमन सुरु गरेसँगै अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ भने ३ दर्जनभन्दा धेरै घाइते भएका छन्।

‘दार्जिलिङ पहाडका सबै दलहरुसँग छलफल गरेपछि हामी आगामी बाटो तय गर्नेछौं,’मोर्चा प्रमुख बिमल गुरुङले भनेका छन्।

अखिल भारतीय गोर्खा लिग, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा, भारतीय गोर्खा परिसंघ र कम्युनिष्ट पार्टी-मार्क्सवादी क्रान्तिकारीले आन्दोलनमा समर्थन गरेका छन्।

‘हिंसाले कुनै पनि समस्याको सामाधान गर्दैन, वार्ताले गर्छ,’ ममता बेनर्जीले भनेकी छन्, ‘म मेरो जीवन बलिदान गर्न तयार छु तर बङ्गाललाई टुक्रन दिन्न।’

उनले पनि दार्जिलिङमा जुन २२ का लागि सर्वदलीय बैठाकको आह्वान गरेकी छन्। बैठकले दार्जिलिङको अवस्थाबारे विचार विमर्श गर्नेछ।

उता मोर्चाले भने बङ्गाल सरकारसँग वार्ता नगर्ने बताएको छ । उसले केन्द्रीय सरकारको भूमिकालाई पनि ‘दुर्भाग्यपूर्ण’ भन्दै आलोचना गरेको छ।

‘हाम्रो गठबन्धन पार्टनर भाजपाको भूमिका दुर्भाग्यपूर्ण र निराशाजनक छ,’ मोर्चा नेता अमर सिंह राईले भनेका छन्, ‘केन्द्रीय सरकार हाम्रो मागप्रति सकारात्मक हुनेछ भन्ने हामीले अपेक्षा गरेका थियौं।’

केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले आन्दोलनकारीलाई संयमता अपनाउन आह्वान गर्दै शान्तिपूर्ण ढंगले समस्या सामाधान गर्नुपर्ने बताएका थिए।

संयुक्त राष्ट्र संघको बैठकमा भाग लिन नेदरल्याण्ड प्रस्थान गर्नुअघि बङ्गाल मुख्यमन्त्री ममता बेनर्जीले शान्तिको आह्वान गरेपनि आन्दोलनको रफ्तार रोकिने छाँटकाँट देखिएको छैन।

सुरक्षा फौजको गस्ती बढेको छ र दमन श्रंखला सुरु भएको छ। सरकारले इन्टरनेट सेवा अवरुद्ध गरेको पनि आज तेश्रो दिन भइसकेको छ।

आन्दोलनकारीले इन्टरनेट मार्फत् सुरक्षा फौजका ज्यादतीविरुद्ध तस्विर तथा समाचार फैलाएको भनेर इन्टरनेट सेवा अवरुद्ध गरिएको हो। आन्दोलनकारीले ममता बेनर्जीको पुतला जलाएका छन्।

प्रहरीको गोलि लागि आफ्ना ३ जना कार्यकर्ताको मृत्यु भएको विरोधमा गोर्खा कार्यकर्ताले‘नेशनल हाइवे-३१ ए’ अवरुद्ध पनि गरे। उक्त हाइवेले दार्जिलिङको सेभोके र सिक्किमलाई जोड्छ।

बङ्गाल सरकारले मोर्चा नेता बिमल गुरुङको घरमा छापा मारेपछि हिंसा झनै भड्किएको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा-मुढा गरेका थिए।

यसैबीच बङ्गालको सत्तारुढ दल त्रिमुला कांग्रेसको सिक्किम शाखाका अध्यक्ष र महासचिवले राजीनामा दिएका छन्। प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा गोलि प्रहार गरेको भन्दै उनीहरुले राजनीमा दिएका हुन् ।

त्रिमुला कांग्रेसका सिक्किम महासचिव छिरिङ वांगचुक लेप्चाले भनेका छन् – ‘दार्जिलिङमा विगत ८-९ दिनदेखि भइरहेको घटनाप्रति हामी दुखी र आश्चर्य चकित भएका छौं। आन्दोलनकारी माथि अनावश्यक गोलि प्रहार भएको थियो।’

उनीहरुले दार्जिलिङ घटनालाई ‘मानवाधिकारको निर्लज्ज उल्लंघन’ भनेका छन्।

दार्जिलिङका नेपाली भाषी गोर्खाल्याण्ड राज्य माग गर्दै दशकौंदेखि आन्दोलनरत छन्। वंगाल सरकारले केही साताअघि बंगाली भाषालाई राज्यका विद्यालयमा अनिवार्य विषय बनाउने कदम उठाएपछि त्यसविरुद्ध आन्दोलन सुरु भएको हो।setopati.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.