सेक्सपछि यसरी ‘भर्जिन’ बनिरहेका छन् युवती

एजेन्सी, ट्युनिशियामा जब युवतीको विवाह हुन्छ, तबसम्म उनीहरु भर्जिन भएको विश्वास गरिन्छ । यसैकारण यहाँ भर्जिनिटी फेरि हासिल गर्नका लागि ‘हाईमन’ लगाउने कारोबार निकै फस्टाएको छ ।

यास्मिन (परिवर्तित नाम) निकै डराएकी थिइन् । उनी आफ्नो नङ दाँतले लगातार टोकिरहेकी छिन् अनी मोबाइन पनि लगातार हेरिरहेकी छिन् ।

उनले भनिन, ‘म यसलाई धोकाका रुपमा मान्छु र यसकारण निकै दुःखी छु ।’ ट्युनिशियाका एक प्राइभेट क्लिनिकमा हामी चौथो तल्लामा छौं । यहाँ महिलाको समस्यासँग जोडिएका डाक्टर छन् । गुलाबी रङको वेटिङ रुममा महिला निकै धैर्यताका साथ प्रतिक्षा गरिरहेका छन् ।

यास्मिनले मलाई नक्कली हाइमन लगाएको बताइन् । एक सानो मेडिकल प्रक्रियाबाट महिलाको गोप्य अंगमा हाइमन जुन एक प्रकारको झिल्ली जस्तो हुन्छ त्यसलाई जोड्ने गर्दछ । हाइमनलाई पुनः जोड्नु भर्जिनिटीलाई फिर्ता ल्याएको रुपमा लिने गरिन्छ ।

समाजशास्त्री सामिया एलुमीले भनिन्, ‘हामी आधुनिक समाजमा बसिरहेको दाबी गर्छौं तर यो आधुनिकता महिलाहरुको यौन सम्बन्धसँग जोडिएको स्वतन्त्रतामा देखिदैन ।’ यास्मिनको दुई महिनापछि विवाह हुँदैछ ।

२८ वर्षीया यास्मिनलाई आफू भर्जिन नभएको डरले सताइरहेको छ । उनलाई भविष्यमा आफू भर्जिन नभएको कुरा पत्ता लाग्न सक्ने डर छ ।
उनले भनिन्, ‘एक दिन गल्तीपूर्वक कुराकानीको क्रममा मैले यसको पर्दाफास नगरुँ वा मेरा श्रीमानलाई यसबारे शंका नहोस् ।’

‘यति दबाब होला भनेर सोच्न पनि सक्दिनथें’

यहाँ पुरुषले श्रीमती भर्जिन नभएको शंका गरेर विवाहलगत्तै सम्बन्धविच्छेद गरेका कुराहरु बाहिर आउने गरेका छन् । यास्मिनको जन्म एक उदार परिवारमा भएको थियो ।

उनी केही वर्षसम्म विदेशमा पनि बसिन् । उनलाई डर छ कि उनका अतितका यौन सम्बन्धका बारेमा भविष्यका श्रीमानलाई शंका लाग्यो भने विवाह टुट्नेछ ।

यास्मिनले भनिन्, ‘मेरो एक पुरुषसँग अफेयर थियो । त्यतिबेला मैले कल्पना पनि गरेको थिइनँ कि भर्जिनिटीका विषयमा हाम्रो समाजमा कति दबाब हुने गर्दछ र त्यसको के नतिजा हुनसक्छ । यस्तो अवस्थामा म निकै डराएकी छु । यदि मैले आफ्नो अफेयर सम्बन्धबारे भविष्यका श्रीमानलाई भनें भने निश्चय नै मेरो विवाह टुट्नेछ ।’

फेरि हाइमन लगाउन आधा घण्टाको समय लाग्छ र यसका लागि यास्मिनले लगभग ४ सय डलर तिरेकी छिन् । यसका लागि उनले केही महिनादेखि पैसा बचाएर राखेकी थिइन् ।

यास्मिनलाई पुनः भर्जिन बनाउने प्रक्रिया एक गाइनाकोलोजिस्टले पूरा गर्नेछन् । डा. रशिद एक हप्तामा दुईवटा यस्तो शल्यक्रिया गर्दछन् ।

डा. रशिदले भने कि जसले पुनः हाइमन राख्न आउँछन् तीमध्ये ९९ प्रतिशत त्यस्ता महिला हुन्छन् जो आफ्नो परिवार र आफन्तको इज्जत जाने कुरामा डराएका हुन्छन् ।

उनले यास्मिनकै जस्तो बढी उमेर भएका युवतीहरुले आफूहरु भर्जिन भएको लुकाउन चाहन्छन् ।
यद्यपि, हाइमन टुट्ने कारण सेक्समात्र हुँदैन तर पनि महिलालाई गलत तरिकाले अपराधी ठहराइन्छ र उनीहरुमाथि विवाह पूर्व सेक्सको आरोप लगाइन्छ ।

डाक्टरले भने, ‘गाइनाकोलोजिस्टले हाइमनलाई पुनः राखिदिने गर्दछन् । यो कुनै अपवाद होइन । यहाँ कुनै पनि डाक्टरले यसो गर्दैनन् । म निजी रुपमा यस्तो गर्छु किनभने म ती मानिससँग सहमत छैन जसले भर्जिनिटीलाई पवित्र मान्छन् । म भन्छु कि यो सबै पुरुष प्रभुत्व हो र म यसकाविरुद्ध युद्ध जारी राख्नेछु ।’

भर्जिन नभए सम्बन्धविच्छेद गर्न सक्छन्
उत्तरी अफ्रिकामा ट्यूनिशिया महिलालाई अधिकार सम्पन्न गराएकोमा चर्चित छ तर धर्म र परम्पराका कारण यहाँ महिलालाई विवाह अघिसम्म भर्जिन रहन बाध्य बनाइन्छ ।

ट्युनिशियाको सम्बन्धविच्छेद नियममा यो यो प्रावधान पनि छ कि यदि श्रीमानलाई श्रीमती भर्जिन छैन भन्ने थाहा भए उनले सम्बन्धविच्छेद दिन सक्छन् ।

समाजशास्त्री सामिया एलुमीले भनिन्, ‘ट्युनिशियाको समाज एक खुल्ला समाज हो तर हामी पाखण्डी भइरहेका छौं । यहाँ सामाजिक रुढिवादी निकै प्रबल रुपमा छ र हामी यसलाई आधुनिक समाजमा सही मान्न सक्दैनौं । महिलाको कामुकता र उनीहरुको स्वतन्त्रताको मामलामा आधुनिकता अहिले पनि कोसौं टाढा छ ।’

एक सरकारी युनिभर्सिटीमा मेरो भेट इशेनसँग भयो । २९ वर्षीय इशेनको विवाह अघिल्लो वर्ष भएको थियो । मैले उनलाई के उनका साथी भर्जिनिटीको ख्याल राख्छन् भनेर प्रश्न सोध्दा उनले भने, ‘यो हाम्रो लागि निकै महत्वपूर्ण छ ।’

इशेनले भने, ‘यदि मलाई विवाह पछि मेरी श्रीमती भर्जिन छैन भन्ने थाहा भए म उनलाई पुनः विश्वास गर्दिन । म यसलाई धोकाको रुपमा हेर्नेछु । म नक्कली हाइमनमा विश्वास गर्दिनँ । मलाई लाग्छ कि यसले काम गर्दैन ।’

इशेननजिकै बसेका एक विद्यार्थीले ट्युनिशियाली परम्परामा महिलाले प्रताडना झेल्नुपरेको बताउँछन् ।

उनले यो आफ्ना लागि पाखण्ड मात्र भएको बताए । उनले भने, ‘यदि पुरुषले विवाह पूर्व यौनसम्बन्ध राख्न सक्छ भने महिला भने महिलालाई मात्रै किन कठघरामा खडा गरिनुपर्ने ? राजधानीबाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.