एजेन्सी- भारतमा एक श्रीमानले श्रीमतीसँग झगडापरेपछि टाउको खुर्पाले काटेर प्रहरीको शरणमा पुगेका छन् । भारतिय प्रहरीका अनुसार सामान्य विवादमा आक्रोशित बनेका श्रीमानले श्रीमतीको टाउको खुर्पाले काटेर छुट्टिएको टाउको सहित प्रहरीको शरणमा पुगेको बताइएको छ ।
राम सेवक नाम गरेका ती व्यक्ति बारीमा तरकारी काट्न गएका बेला श्रीमती उषासँग झगडा परेपछि त्यही रिसमा गर्दनमा खुर्पा प्रहार गरेको बताइएको छ । लगत्तै आत्तिएर उक्त व्यक्ति डराउँदै छिनिएको टाउको सहित प्रहरीकोमा पुगेको बताइएको छ ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.