झन् झन् ब्यस्त बन्दै दयाहाङ राई

काठमाडौं – एकै खाले फिल्म खेलेको आरोप खेपिरहेका अभिनेता दयाहाङ राईले आफूलाई बायोपिक फिल्ममा अभिनय गर्न मन लागेको बताएका छन् ।

फिल्म ‘दासढुंगा’ र ‘तान्द्रो’ मा बायोपिक चरित्रमा देखिएका उनले आफूलाई बायोपिक फिल्ममा काम गर्न मन लागे पनि त्यस्तो फिल्मको अफर नआएको खुलाए । ‘यही व्यक्तिको चरित्रमा काम गर्छु भन्ने त छैन,’ उनले खुलाए, ‘अहिलेसम्म अफर नआएकाले पनि कसको चरित्र फिट हुन्छ भन्ने नै ख्याल गरिएको छैन ।’

फिल्म ‘‘अनागरिक’ बाट फिल्मी करियर सुरु गरेका दयाहाङ फिल्म ‘लुट’ मा निर्वाह गरेको ‘गोफ्ले’ चरित्रबाट आम दर्शकमाझ चिनिए । कहिले कमेडी त कहिले प्रेमकथाका फिल्ममा देखिने दयाहाङ ग्याङस्टार शैलीका फिल्ममा खासै देखिएका छैनन् । आगामी शुक्रबारबाट रिलिज हुने ग्याङस्टार फ्लेबरको फिल्म ‘लालटिन’ मा उनी उनकै भनाइमा ‘लोभलाग्दो चरित्र’ मा देखिँदैछन् ।

‘ट्रेलर हेर्ने अधिकांश दर्शकले ‘तपाईं डनको भूमिकामा देखिनुभएको छ, हो ?’ भनेर सोध्छन् । तर म डनको भूमिकामा छु वा छैन भन्नेचाहिँ थाहा पाउन फिल्म नै हेर्नुपर्छ,’ पत्रकारमाझ सोमबार दयाहाङले भने, ‘मैले जुन भूमिकामा अभिनय गरेको छु, त्यो भूमिका मेरा लागि लोभलाग्दो थियो । फिल्मको स्क्रिप्ट पढ्दाखेरि नै त्यो चरित्र मनमा बसेको थियो ।’ उनले आफ्नो चरित्र कल्पना र वास्तविक दुवै किसिमका भएकाले त्यो चरित्र समाजमा पनि कहीँ कतै देखिएको बताए ।

दयाहाङले फिल्ममा भिन्न चरित्र भएकै कारण आफूले त्यो भूमिकालाई पनि फरक किसिमले प्रस्तुत गरेको बताए । ‘आफ्नो भूमिकामा काम गर्दा कतिपय ठाउँमा निर्देशकसँगै यसो गरौं न भन्ने सोच पनि बाँडे । यो भूमिकाका लागि म मानसिक रूपमा तयार भए पनि शारीरिक रूपमा छिट्टै तयार हुन सकिनँ,’ जाडो महिनामा काम गर्न नरुचाउने दयाहाङले भने, ‘जाडो महिनामा फिल्मको सुटिङ भएकाले पनि केही शारीरिक समस्या भयो । तर, पनि समस्यालाई समस्या नै सम्झेर काम गरें ।’

फिल्मले व्यावसायिक सफलता पाए वा नपाए पनि दयाहाङको व्यस्तता रोकिएको छैन । व्यावसायिक रूपले सफल फिल्मले मात्र कलाकारको सफलता नगनिने उनको बुझाइ छ । ‘मैले अभिनय गरेका सबै फिल्म हिट भइदिए भने मेरो कामको मूल्यांकन पनि त राम्रो हुँदैन,’ फिल्म ‘नेप्टे’ मा व्यस्त दयाले भने, ‘फिल्म नचले पनि त्यसभित्र आफूले गरेको अभिनयमा सकारात्मक समीक्षा पाइयो भने पनि आफ्ना लागि एउटा सफलता नै हुन्छ ।’

उनले फिल्म ‘लालटिन’ व्यावसायिक रूपले सफल भए पनि समीक्षात्मक रूपले सफल हुन नसक्ने अनुमान लगाए । ‘फिल्मभित्र हामीले सुन्दै आइरहेको विषय र कथालाई प्रस्तुत गरिएको छ । त्यसलाई प्रस्तुत गर्ने शैली अलिक भिन्न छ,’ दयाले भने, ‘फिल्म क्राइम बेसमा बनेको हुनाले पनि दर्शकका लागि यो चासोको विषय हुन सक्छ ।’

एकताका मिडियामा नायिका प्रियंका कार्की र अभिनेता दयाहाङबीच सम्बन्धको ‘गसिप’ राम्रै चल्यो । फिल्म ‘लालटिन’ मा पनि प्रियंकाको अभिनय छ । ‘हाम्रो बारेमा हल्ला पनि सुनें । ती सबै निराधार हुन्,’ उनले भने, ‘फिल्ममा प्रियंका र मेरो सम्बन्धबारे अहिले बोल्न मिल्दैन ।’

देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्ममा दयाहाङ र प्रियंकासँगै राज कटुवाल, जनक बर्तौला, निर्जन थापा, अर्जुनजंग शाही र ए गुरुङलगायतका कलाकारको अभिनय छ । फिल्ममा भानुप्रताप, अनिम श्रेष्ठ र राज केसीले लगानी गरेका छन् । नागरिकबाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.