निधार हेरेर थाहा हुन्छ को कति धनी हुनेछ कि ज्ञानी ?

धेरै ज्योतिषीहरूले निधार हेरेकै भरमा मान्छेको भविष्यवाणी र अनेकौं रहस्य बताइदिन सक्छन् । यसमा कुनै चमत्कार छैन ।

तपाईं पनि यो कुरा जान्न सक्नुहुन्छ । समुद्रशास्त्र पढ्नुभयो भने हरेक व्यक्तिको निधारमा उसको जीवनसँग जोडिएको कुरा लेखिएको थाहा लाग्छ । ल, हेरौं न त तपाईंको निधारमा के लेखिएको छ ।

समुद्रशास्त्र भगवान् शिवका छोरा कार्तिकेयले लेख्नुभएको हो । यस शास्त्रका अनुसार निधारका रेखा र बनावट हेरेर को ज्ञानी हुन्छ, को धनी हुन्छ र कसलाई आर्थिक समस्या पर्छ सबै थाहा हुन्छ ।

निधार ठूलो हुने मान्छे बुद्धिमान् हुन्छन् । यस्ता व्यक्तिलाई धेरै विषयको जानकारी हुन्छ ।

अगाडिपट्टि चुच्चो परेको निधार भएको व्यक्ति लोभी हुन्छ । भनाइको मतलब यस्तो व्यक्तिलाई धन बटुल्न खुबै मन लाग्छ । अर्काको धनसम्पत्ति देखेर यस्ता व्यक्तिले खुब डाहा गर्छन् ।

चम्किलो र चिल्लो निधार भएको व्यक्ति प्रतिभाशाली र गुणवान हुन्छ । यस्ता व्यक्तिले आफ्नो प्रतिभा र ज्ञानबाटै धनसम्पत्ति कमाउँछन् ।

एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.