‘बिग बोस ११’ को ठुलो सिक्रेट लिक

बलिउड स्टार सलमान खान यतिबेला आफ्नो फिल्म ‘ट्युबलाईट’ को प्रचारप्रसारमा व्यस्त छन् । यसकारण उनले ‘दस का दम’ होस्ट गर्न भ्याएका छैनन् तर ‘बिग बोस ११’ उनले होस्ट गर्नेछन् । सलमानले ‘बिग बोस ११’ होस्ट गर्ने कुरा कलर्स च्यानलका सिइओले पक्का गरेका छन् ।

एक भारतीय वेबसाईटका अनुसार सलमान खान यतिबेला एकदमै बिजी भएकोले सोनी टिभीको कार्यक्रम ‘दस का दम’का लागि समय निकाल्न भ्याईरहेका छैनन् । यसकारण सोनी च्यानलको टीम सोचमग्न भएको छ । उसो त ‘दस का दम’ मा सलमानको साटो रणवीर सिंहलाई लिने कुरा पनि बाहिर नआएको भने होईन । तर अहिले भने यो कार्यक्रमको लागी अक्षय कुमारलाई लिनसक्ने कुरा भारतीय वेबसाइटहरुले लेखेका छन् ।

अक्षय अहिले ‘ग्रेट इंडियन लाफ्टर च्यालेन्ज’को जज बनेर आउनेछन् । खबरका अनुसार अक्षयले यो बर्ष कुनै ठुलो टिभी शो गर्नको लागी उत्सुक छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.