रेशम चौधरीले डेढ करोड पाएपछि टीकापुर घटनामा श्रीमान गुमाएकी शारदाले रुँदै के भनिन् ?

काठमाडौं, ४ असार । प्रहरीको ‘मोस्ट वाण्डेड’ सूचीमा रहेका कैलालीको टीकापुर घटनाका प्रमुख योजनाकार रेशम चौधरीलाई सरकारले डेढ करोड भन्दा बढी क्षतिपूर्ति दिएपछि पीडित परिवारले आक्रोश पोखेका छन् ।

घटनामा श्रीमान (प्रहरी इन्सपेक्टर केशव बोहरा) गुमाएकी शारदा बोहराले जेल हाल्नुपर्ने व्यक्तिलाई क्षतिपूर्तिको नाममा करोडौं रुपैयाँ दिएपछि आक्रोश पोखेकी हुन् । सरकारले जुनसुकै बेला भएपनि पक्रेर जेलमा कोच्नुपर्ने व्यक्तिलाई उल्टो क्षतिपूर्ति दिएकोमा उनले देशमा न्याय मरेको महसुस गरेकी छन् ।

जनतासँग सिधा कुरा कार्यक्रममा पत्रकार रवि लामिछानेसँग कुरा गर्ने क्रममा गला अवरुद्ध पार्दै उनले भनिन्– ‘राम्रो काम गर्नेभन्दा अपराध गर्नेलाई बढी फाइदा र प्रशय पाइदोरहेछ । अब कसैले राम्रो छ, इमान्दार भएर गर्नुपर्छ भन्यो भने म त त्यो कुरामा विरोध गर्छु । यहाँ जति अपराध गर्न सक्यो त्यति नै फाइदा हुन्छ, त्यति सक्षम भएर अगाडि बढ्न पाइन्छ । त्यति नै सपोर्ट पाइन्छ । राम्रो काम गरे कसैले सपोर्ट गर्दैनन् ।’

कैलालीका जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार टीकापुर घटनाका पीडितलाई क्षतिपूर्ति वाफत शुक्रबारदेखि १० करोड ७३ लाख रुपैयाँ वितरण सुरु गरिएको छ । जसमा घटनाका मुख्य योजनाकार, प्रहरीबाट फरार रहेका रेशम चौधरीले सबैभन्दा बढी १ करोड ७३ लाख रुपैयाँ पाउनेछन् ।

टीकापुर घटनाका संलग्न भएको आरोपमा पक्राउ परेकालाई रिहा गर्ने र उनीहरुलाई क्षतिपूर्ति दिने निर्णय पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको छ । यसलाई कार्यान्वयन गर्ने काम शेरबहादुर देउवा नेतृत्वको सरकारबाट भएको छ ।

अर्काे रोचक कुरा त के भने शारदाका श्रीमान केशव बोहरा कुनै समय अहिलेका प्रधानमन्त्री देउवाका अंगरक्षक समेत थिए । देउवाले आफ्नै अंगरक्षक तथा आफ्नै क्षेत्रको राष्ट्रसेवक छोराको परिवारलाई पीडा दिनेगरी घटनाका मुख्य योजनाकारलाई क्षतिपूर्ति दिइरहेका छन् । सुदूरपश्चिमको डडेल्धुरा गृहजिल्ला भएका देउवालाई अहिले आफ्नो क्षेत्रमा परिवारको पीडा भन्दा सत्ता प्यारो छ । कैलाली जिल्ला त उनले निर्वाचन लडेको क्षेत्र हो । त्यहाँका जनतालाई उनले न्याय दिनुपर्ने हो । तर, अफसोच! सत्ता जोगाउन उनले आफ्नै क्षेत्रका पीडित परिवारलाई झन पीडा दिएर ‘अपराधी’लाई संरक्षणका साथै क्षतिपूर्ति समेत दिइरहेका छन् ।

थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा तत्कालिन सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालक मारिएका थिए । आन्दोलनकारीबाट प्रहरीको निर्मम हत्या भएको थियो भने नाबालकलाई गोली हानेर हत्या गरिएको थियो । dainiknepal.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.