बोर्डरमा अड्किए नेपाली : अब रोजगारी र दैनिकीको चिन्ता

काठमाडौं – चितवनका राम गुरुङ साउदी अरब र कतारको सीमा आवु साम्रामा सोमबार रोकिए । कुवेत–साउदी–कतारमा लरी ट्रक चलाउने उनी कतारमा सामान छोठेर पुन कुवेत फर्किने सीमामा पुगेका थिए । तर सधैंजसो उनले त्यो सीमा पार गर्न पाएनन् ।

त्यसरी फर्किने उनी एक्ला थिएनन् । कतारमै कम्पनी भएकाहरु आफ्ना क्याम्प फर्के । साउदी, कुवेत, यूएई र बहराइनबाट आउनेहरु बोर्डरछेउ गाडी रोकेर बसेका छन् । उनले भने, ‘उता चार मुलुकबाट सामान लिएर आएका साथीहरु पनि साउदीतर्फको बोर्डरमा अड्किएका छन् ।’

आतंकबादलाई सघाएको भन्दै छिमेकी मूलुकले कतारसँगको सम्बन्ध विच्छेद गरेपछि त्यहाँ स्थिति झनै खराब त हुने होइन भन्नेमा नेपाली कामदार चिन्तित छन् ।

‘हाम्रो रोजगारीको भविष्य र दैनिक जिवन के हुन्छ ?’ उनले भने, ‘हामी त अन्यौलमा छौं ।’

कतारमा झण्डै चार लाख नेपाली विभिन्न सेवामा कार्यरत छन् । आजको कान्तिपुरमा यो खबर छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.