यी हुन् बलिउडका धनी व्यक्तिकी धनी श्रीमती, श्रीमानको २ गुणा बढी कमाई गर्छिन्

१८ जेठ, एजेन्सी । जब बलिउडमा सबैभन्दा धनी कलाकारको सूचिमा सबैभन्दा पहिले सुनील सेट्टीको नाम आउँछ । त्यसो त सुनिलले थुप्रै फिल्महरुमा धनी व्यक्तिको भूमिका निर्भाह गरेका छन्, त्यस वास्तविक जीवनमा उनी त्योभन्दा धनी छन् भने उनीभन्दा धनी उनकी श्रीमती छिन् ।

सुनीलकी श्रीमती ‘माना शेट्टी’को आफ्नो अलग पहिचान छ र सम्पति पनि । उनी एक सुपरवोमन(व्यावसायिक महिला) हुन् । माना शेट्टी एक सफल महिला व्यावसायी त छदैछिन्, त्यसबाहेक उनी एक समाज सेवी र घरजग्गाकी खरिद–बिक्रीकी रानी हुन् । मानाले श्रीमान् सुनीलसँग मिलेर ‘एस–२’ नामबाट एक घर जग्गा खरिद–बिक्री प्रोजेक्ट सुरु गरे, जस अन्तर्गत उनीहरुले मुम्बईमा २१ सानदार घर बनाएका छन् ।

यसबाहेक माना एक ‘लाइफस्टाइल स्टोर’ पनि चलाउँछिन्, जसमा सजावटदेखि लिएर दैनिक जीवनमा प्रयोग हुने हरेक सानदार चीज उपलब्ध छन् । त्यस्तै, माना शेट्टी ‘सेभ द चिल्ड्रेन इन्डिया’ नामक एक एनजीओसँग पनि जोडिएकी छिन् ।

पैसा जुटाउँनका लागि उनी समय–समयमा ‘आराइश’ नामक प्रदर्शन पनि गर्छिन्, र त्यसबाट उठेको पैसा युवती तथा महिलाका लागि प्रयोग गरिन्छ । इन्टरनेटमा उपलब्ध आंकडाअनुसार, सुनील शेट्टी बर्षेनी करिब १०० करोडको कमाई गर्छन् । सनीलका सानदार फ्ल्याट, गाडी, कार, बाइक, रेष्टुरेन्ट छन् । यसबाहेक उनी आफ्नो एक प्रोडक्सन हाउस चलाउँछन् । त्यस्तै, पत्नि माना शेट्टीको कमाई सुनीलको दुई गुणा बढी छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.