श्रीमतीको घाँटी निमोठ्ने नेपालीलाई अस्ट्रेलियामा दुई वर्ष कारावास

दुई सन्तानका पिता दीपक अधिकारीले श्रीमती पम्फा धिताललाई सिड्नीस्थित एम१ मोटरवेमा घाँटी निमोठेका थिए । उनीहरूको गाडी गत मार्च २७ मा त्यहाँ दुर्घटनाग्रस्त भएको थियो ।

दीपकको गाडीले एक ट्रकलाई टक्कर दिएपछि सडकबाट बाहिर बत्तिएको थियो । त्यसपछि उनले श्रीमतीको घाँटीमा हात बेरेर निमोठेका थिए ।

अधिकारीलाई दुर्घनाबाट उद्धार गर्न ट्रक रोकेका चालकले श्रीमतीलाई निमोठेको देखेपछि अधिकारीको औंला हटाएका थिए । त्यतिखेरसम्म श्रीमतीको ओठ नीलो हुन थालेको र उनले होश हराएको देखिन्थ्यो ।

उनलाई अस्पताल लगिँदा कठोर घाउचोट लागेको र देब्रे आँखामा रगत चुहिएको देखिन्थ्यो । श्वासनलीमा जोड परेपछि उनको आँखामा रगत चुहिएको थियो ।

अधिकारी सिड्नीको उत्तरी भागमा पिज्जा पसल चलाउँछन् र उनले श्रीमतीलाई जानीबुझी घाँटी निमोठेको र लापरवाहीपूर्वक गाडी चलाएको आरोप स्वीकारेका छन् ।

प्रहरीलाई उनले यो आक्रमणका बारेमा आफूले थाहै नपाएको अनौठो बयान दिए ।

अधिकारीलाई दुई वर्षको अधिकतम कारावास सजाय दिइएको थियो ।

द डेली मेलबाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.