एकै वडामा अध्यक्षमा जुम्ल्याहा दाजुभाईको प्रतिष्प्रधा

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानीका धु्रव परियारको घरमा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार प्रितम केसी कार्यकर्ता सहित भोट माग्न गए । एमाले समर्थित परियारको घरमा गएका प्रितम सहितको टोलीलाई परियारले भोट हाल्ने आश्वासन मात्र दिएनन संगै घरदैलो अभियान समेत गरे ।
प्रितमले भोट मागेको करीव तीन चार दिनपछि परियारको घरमा अर्को टोली भोट माग्न आए । संगै आएकाहरुले राष्ट्रिय जनमोर्चाको भोट मागीरहँदा परियार तीन छक्क परे । जहाँ केही दिन अघि एमालेको भोट माग्दै आएका प्रितमलाई पनि परियारले त्यो भिडमा देखे उनको कन्सिरी तातिहाल्यो । आफ्नो घरमा एउटै व्यक्ति फरक फरक पार्टीबाट भोट माग्न आएपछि आक्रोशित भएका परियारले यसलाई ठिक पार्नुपर्छ भन्दै उम्मेदवार तर्फ अगाडी बढिरहँदा परियारकै दाजु विष्णु परियारले रोके । विष्णु सम्झन्छन् “झण्डै हात हालाहालको अवस्था आएको थियो ।”

विष्णुले आँगनतिर लगेर सम्झाएपछि पो धु्रव झसंग भए । केही दिन अघि र आज भोट माग्न आउने मान्छे फरक फरक पो रहेछन् । त्यस वडामा राष्टिय जनमोर्चाबाट वडा अध्यक्षका उम्मेदवार बनेका पदम केसी र नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेका प्रितम केसीलाई पहिलोपटक देख्नेहरु यसरी नै झुक्कने गरेका छन् । फरक फरक पार्टीबाट उम्मेदवार बनेका ठ्याक्कै अनुहार मिल्ने यी जुम्ल्याहा दाजुभाईको उम्मेदवारीले सवैलाई आश्चर्य चकित पारेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.