सम्भोगपछि किन आत्महत्या गर्छ भाले माकुरो ?

मानिसहरु सम्भोगपछि प्रायः सुत्न चाहन्छन् । तर माकुराले भने सम्भोगपछि अनौठो र आत्मघाती काम गर्दछ । भाले माकुराले पोथीसँगको सम्भोगपछि आफ्नो गुप्तांग आफै टोक्ने गरेको तथ्य वैज्ञानिकहरुले निकै अघि नै पत्ता लगाएका थिए । सम्भोगपछि भाले माकुराले आफ्नै बन्ध्याकरण गर्ने यो आश्चर्यजनक व्यवहार किन देखाउँछ भन्ने कुरा भने रहस्यको गर्भमै थियो । तर अन्ततः वैज्ञानिकहरुले माकुराले किन आफ्नै बन्ध्याकरण गर्छ भन्ने तथ्यको कारण पत्ता लगाएका छन् ।

भाले माकुराले आफ्नो गुप्तांगलाई टोकेर काटेर फ्याँक्नुको कारण रोचक नै रहेछ । आफ्नो जिउको तुलनामा भाले माकुराको लिंगको आकार असामान्य रुपमा ठूलो हुने भएकाले यसले भालेलाई असजिलो पार्दोरहेछ । पोथीलाई गर्भवती बनाइसकेपछि अब बाउ बन्ने बेला आएकोमा भाले माकुराले कर्तव्यबोध गर्दै आफ्नो यौनिकतालाई नै बली दिँदोरहेछ ।ठूलो आकारको गुप्तांग बोकिरहेमा पोथीलाई हेरचाह गर्न गाह्रो हुने भएकाले छरितो बनेर आफ्नी नवगर्भिणी पोथीलाई शत्रुबाट बचाउनका लागि भाले माकुराले आफ्नो लिंग काटेर फ्याल्ने गरेको वैज्ञानिकहरुको निष्कर्ष छ ।

कारण यत्तिमात्र होइन । भालेले आफ्नो लिंगलाई पोथीको यौनांगभित्रै छिराएको अवस्थामा दाँतले टोकेर काट्दो रहेछ । यसो गर्दा भालेको लिंगको टुक्रा पोथीको यौन्ाांगभित्रै रहन्छ । यसको विशेष महत्व रहेछ । भालेको लिंगको टुक्रा पोथीको गुप्तांगभित्र रहेपछि पोथीको यौनांगको बाटो बन्द हुने भएकाले अरु भालेले गर्भिणी पोथीलाई पुनः गर्भिणी बनाउने सम्भावना रहँदैन । पोथी माकुराको सरीरमा एकैपटकमा धेरै संख्यामा अण्डा उत्पादन हुने भएकाले एउटा पोथीले उत्पादन गरेका अण्डाहरुलाई धेरै भालेले फर्टिलाइजेसन गराउने सम्भावना हुन्छ ।

त्यसैले आफुले सुरुमा गर्भिणी गराएको पोथी माकुराका सन्तानको पितृत्वमाथि आफ्नो एकाधिकार दाबी गर्नका लागि भालेले पोथीको यौनांगभित्रै आफ्नो लिंग काटेर छाड्ने गरेको वैज्ञानिकहरुको ठहर छ । माकुराको यो अनौठो व्यवहारसम्बन्धी रिपोर्ट बिहेवियरल इकोलोजी एण्ड सोसियोाबयोलोजी जर्नलमा छापिएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.