महिलासँगको मित्रता केवल यौनआकर्षण को कारण (अध्ययन)

माघ २४, २०७०-अध्ययनले के देखाएको छ भने पुरुषहरूले महिलासँग गाँस्ने मित्रताको उद्देश्य भनेकै यौनिक आकर्षण हो। अध्ययनअनुसार चाहे पुरुष विवाहित किन नहोस् अरू महिलासँगको उसको मित्रताको मुख्य ध्येय यौन चाहना पूर्तिमा लक्षित हुन्छ, तर महिलाको हकमा भने यस्तो यौनिक स्वार्थ लागू हुँदैन। उनीहरू पुरुषसँगको सम्बन्धका मामिलामा बढी आदर्शवादी हुन्छन् र जबसम्म सम्बन्धमा समस्या आउँदैन त्यो बेलासम्म उनीहरूले त्यसभन्दा बढी अपेक्षा पनि गरेका हुँदैनन्।

अनुसन्धानकर्ताहरूका अनुसार काम एवं रुचिको प्रभाव तथा अध्ययन संस्थाहरूका कारण महिला र पुरुषको सम्बन्ध नसोचेको तहसम्म पुग्छ, तर यो स्थितिमा पुरुषको वंशाणुगत यौन चरित्र सम्बन्धको बीचमा आइदिन्छ। अध्ययनका क्रममा ८८ जोडी महिला तथा पुरुषलाई उनीहरूको विपरीत लिंगीप्रतिको यौनाकर्षणका बारेमा प्रश्न सोधिएको थियो। त्यस क्रममा अधिकांश पुरुषले आफ्ना महिला साथीप्रति यौनिक रूपमा आकषिर्त हुने गरेको तथा डेटिङमा गएर मस्ती गर्ने चाहना बढी हुने बताए।

पुरुषहरूले आफ्ना महिला मित्रहरू आफूले सोचेभन्दा बढी रोमान्टिक भएको पनि दाबी गरे, तर महिलाहरू भने उक्त कुराबाट अनभिज्ञ थिए। महिलाहरूको हकमा उनीहरू आफ्ना पुरुष मित्रहरूप्रति आकषिर्त हुन्छन् र जबसम्म सम्बन्ध नै टुट्ने स्थितिमा पुग्दैन तबसम्म सेक्सका विषयमा सोच्नसम्म भ्याउँदैनन्। महिलाहरू विवाहित पुरुष भन्दा अविवाहितहरूसँग बढी आकषिर्त हुने गरेका छन्। अर्को रोचक कुरा विवाहित महिलाहरू पुरुष र महिला मित्रसँग उत्तिकै आकषिर्त हुन्छन्। महिलाको उमेर बढ्दै जाँदा विपरीत लिंगीप्रतिको आकर्षण पनि घट्दै जान्छ।

विस्किन्सन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले निकालेको निष्कर्षअनुसार एउटा वफादार पुरुष साथी महिलाका निम्ति जुनसुकै समयमा पनि स्वार्थी तथा मतलबी व्यक्तिका रूपमा देखा पर्नसक्छ। स्रोत साप्ताहिक

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.