१००० फेसबुक लाइक्सका लागि यस्तो तस्बिर

असार ७ – अल्जेरियामा एक व्यक्तिलाई आफ्नो सानो छोरालाई अग्लो भवनको झ्यालबाट बाहिर झुण्डाएको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको छ । ती व्यक्तिले अग्लो भवनमा रहेको आफ्नो फ्ल्याटको झ्यालबाट बाहिर झुण्डाएर तस्बिर खिचेका थिए । उनले यो तस्बिर फेसबुकमा लाइक्सका लागि खिचेका थिए ।

उनले यो तस्बिरको क्याप्सन लेखेका थिए ‘१००० लाइक्स या मैले यसलाई तल खसाल्दिउँ’ लेखेका थिए । उनको यो तस्बिरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बाल उत्पीडनको आरोप लगाएका थिए । यो आरोपपछि प्रहरीले आइतबार ती व्यक्तिलाई पक्राउ गरेको थियो । राजधानी अल्जियर्सको १५ तले अपार्टमेन्टमा जमिनबाट १५० फिटमाथि रहेको झ्यालमा ती व्यक्तिले आफ्नो छोरासँग यस्तो तस्बिर खिचेको अल अरेबिया वेबसाइटले जनाएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.