८४ वर्षका पंण्डितले टप्काए छिमेकीको बुढी, यस्तो छ कहानी !

पाल्पा, वृद्धावस्था साधारणतया अशक्त, अस्वस्थ्य तथा परिवारवाट अपहेलित हुन्छ । तर जिल्लाका एक ८४ वर्षे वृद्धले भने ६९ वर्षीय महिलासँग विवाह गरेका छन् ।

वगनाशकाली गाउँपालिका–२, पोखराथोकका पंण्डित मित्रलाल भट्टराईले सोही स्थानकी लीलाकुमारी ज्ञवालीसँग विवाह गरेका हुन् । उनीहरुको विवाहले औपचारिकता पनि पाएको छ । केही समय अघिमात्र श्रीमतीलाई आफ्नो नामबाट नागरिकता प्रदान गरेपछि उनीहरुको विवाहले औपचारिकता पाएको मित्रलाल भट्टराई बताउँछन् । जिल्ला प्रशासन कार्यालयबाट उनीहरुले वैशाख २१ गते नागरिकता प्राप्त गरेका हुन् ।

वृद्ध अवस्थामा विवाह गर्ने रहरभन्दा पनि बाध्यता भएको भट्टराईले बताए । उनी भन्छन्, ‘चार वर्ष अगाडि घरकी श्रीमती गाडी दुर्घटना परी मृत्यु भयो ।
म एक्लै घरमा रुल्लटुल्ल बसिरहन्थे । घर नजिकै छिमेकी लीलाकुमारी ज्ञवालीका श्रीमानले अर्को विवाह गरेर उनलाई वास्ता गर्न छाडेको मलाई थाहा थियो । हामीबीचमा सामिप्यता बढ्दै गयो । एक्लै जीवनयापन गर्नुभन्दा दुवै सँगै मिलेर बुढेसकालको गुजारा गर्ने निर्णय ग¥र्यौं ।

मैलै चौरासी प”जा पनि गरिसकेँ, पाँच भाइ छोरा छन् । तीन छोरा सरकारी जागिरे । के गर्ने बाबु सबैले आ–आफ्नै सुरु गरे । म बुढो मान्छे, खासै केही गर्न नसक्ने । नाती नातिनी पनि १५ जना र पनातिनी एक जना भैसके । गाउँका प”जाआजा गरेर घरमै बसिरहन्थे । लिलाकुमारीको पनि अवस्था उस्तै थियो । उनका पनि तीन भाइ छोरा र दुई बैनी छोरी । श्रीमानले वास्ता नगरेर बुटवलमा नयाँ श्रीमतीसँग घरजम गरी बसेको । गाउँमा तलमाथि घर ।

हामी निरन्तर सुख दुःखमा नजिकिन थाल्यौ । पछि दुवै जनाको सरसल्लाहमा नजिकैको मन्दिरमा गएर विवाह गरेका हौं, पंण्डित भट्टराईले भने ।
आफ्ना मान्छे जसलाई जिन्दगीभरिको कमाई अनि मेहनतले भरण पोषण गरेर सक्षम बनाए पनि तिनीहरुको लागि हामी मन परेनौं । अहिले हाम्रो सामाजिक जीवन अरुको जीवन पद्धति कुनै युवाभन्दा कम छैन । तर विडम्बना नेपालमा ६० वर्ष पुगेपछि त्यसलाई वृद्ध भन्ने गरिँदो रहेछ । जीवनको ज्ञान र अनुभव सँगाल्दै गुजारा चलाउँदै आएका छौं, वृद्ध दम्पत्तिहरुले भने ।
बुढ्यौलीको ठ”लो रोग भनेको एक्लोपना पनि हो । हामी त्यसलाई चिर्न सँगै जीवनयापन गर्ने निर्णय गर्यौ । बृद्ध बृद्धामा जोश जाँगर र उमगं घट्नुको सट्टा बढ्दैछ ।

स्वस्थ रहन दैनिक क्रियाकलाप गर्ने घरमा भैंसी पाल्ने गरेका छौं, उनीहरुले नागरिकन्य’जसँग भने । मन्दिर, तीर्थ, व्रत पाठ, प”जा, पुराण आदिमा सकृृय छु, भट्टराईले भने ।
प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले वृद्ध दम्पत्तिलाई बधाई दिँदै पति कायम भएको नागरिकता दिन पाउँदा खुसी लागेको फेसबुकमार्फत् व्यक्त गरेका छन् । उनले नागरिकन्य’जसँग भने, ‘महिलालाई सम्पत्तिको अधिकार लिएर नयाँ जीवनसँगीसाथ लाग्नुस् भनेको हाम्रो खुसी यत्तिकैमा छ भनेर नागरिकता लैजानुभयो ।’ उनले जिल्लामा पहिलो पटक वृद्ध दम्पत्तिलाई नागरिकता प्रदान गरेको बताए ।

मित्रलाल भट्टराईको जन्म १९८९ र लीलाकुमारीको जन्म २००५ सालमा भएको हो । उनीहरु पोखराथोकका झण्डै दुई सय मिटरको दूरीका छिमेकी हुन् । बुढेसकालमा नयाँ जीवनको अनुभूति गरेको र सुखका साथ जिन्दगी गुजार्दै आएको उनीहरुले बताए ।-Dainik Headlines

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.