रन्जु दर्शनाकै झल्को दिने गरी कपिलबस्तुमा उपमेयरमा उठीन् २२ वर्षे थारु युवती

कपिलवस्तु, २० जेठ । पहिलो चरणमा भएको स्थानिय निकायको चुनावमा विवेकसिल नेपाली दल बाट काठमाण्डौ महानगरपालिकामा मेयरको उम्मेदवार भएर चुनावि मैदानमा आएकि रन्जु दर्शना जसरी एका एक चर्चामा आएकि थिईन त्यसरि नै कपिलवस्तु शिवराज नगरपालिकामा नेकपा एमालेको तर्फ बाट उपमेयरको उम्मेदवार पाएकी शिव कुमारी थारु अहिले स्थानिय तहमा निकै चर्चामा आएकि छिन । उनले अहिले आफनो २२ वर्षको विद्यार्थि जिवनलाई एउटा सफल नेतृ बन्ने उद्देश्यले राजनितिक मोड दिएकि छिन ।

श्रीमान विदेश , ३ वर्षकि आफनि छोरी , व्याचलर अध्यनरत र मध्यम तहको परिवारमा बस्दै आएकि शिवकुमारी निजि स्रोत बाट शिक्षा पेशामा पनि आवद्ध थिईन । थारु समुदायमा हुर्केकि शिवकुमारी आफनो नेतृत्व विकास विद्यार्थिकालमै गरीन ।

थारु समुदाय, मधेशि समुदाय र समग्र नगरवासिको आवश्यकता नगरको विकास भएको हुँदा त्यसको लागि आफनो खाँचो रहेको हुँदा आफनो उम्मेदवार एमालेको तर्फ बाट उपमेयरमा दिएको उनि बताउछिन । उनको भाषण र काम गर्ने क्षमता देख्दा र सुन्दा जो कोहिमा मन बाट नै उत्साह आउने गर्दछ । शिवराज नगरपालिका १ शिवपुर घर भई गाउँकै स्कुल श्री सरस्वति निमाविमा शिक्षक पेशा अङगालेकि शिवकुमारी घर परिवारकै ठुलो सहमतिमा पेशा लाई एका एक राजिनामा दिई राजनितिमा प्रवेश गरिन । २२ वर्षको कलिलो उमेर लाई राजनितिक मोड दिई सफल नेतृ वन्न चाहने शिवकुमारी अहिले स्थानिय तहमा निकै चर्चित छिन ।

रन्जु दर्शना भन्दा कम गुण नभएकि शिवकुमारी, दर्शना जस्तो मिडियाको भरमा चर्चामा आउन नचाहाने पनि उनि बताउछिन । जनमानसमा पहिले बाटै लोकप्रिता छाएकि शिवकुमारी जव राजनितिमा आईन उनि आफुले र आफनो संयुक्त प्यानललाई यस शिवराज नगरपालिकामा जिताउने कुरामा पनि उनि ढुक्क छिन ।nepalitoday

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.