आफूलाई गर्भवती अवस्थामा छोडेर अर्कै केटीसंग श्रीमान फरार भएपछि सीताको आँशु रोकिएन

काठमाडौं । प्रधानमन्त्रीबाट स्वयच्छिक राजिना दिएर करिब १० महिनापछि आफ्नो निवास फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बुधबार निकै ताम झाम थियो ।
माओवादी हेडक्वाटर बैठक, प्रधानमन्त्री शेरबहादुर देउवाको आगमन, पार्टी प्रवेश कार्यक्रम जस्ता कार्यक्रमको चापाचाप थियो । प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्ड निवास छिर्नुभन्दा ठीक एक घण्टाअघि पार्टी प्रवेश कार्यक्रम थियो ।

कुनै समय दलित जनजाती पार्टीको रुपमा स्थापित बहुजन शक्ति पार्टीका पदाधिकारी सहित केही केन्द्रीय सदस्यहरु माओवादी केन्द्रमा समाहित हुँदै थिए ।
बरिष्ठ उपाध्यक्ष राधेश्याम पासवान, उपाध्यक्ष गोविन्द नेपालीसँगै पार्टीका महासचिव पनि थिए मेखराज परियार । परियार त्यस्ता विवादीत व्यक्ति थिए जसले आफ्नै ८ महिना गर्भवति श्रीमतिको विचल्ली पारेर आफूभन्दा आधा उमेरकी एक महिला लिएर फरार भएका थिए ।
श्रीमानले विचल्ली पारेपछि उनकी श्रीमती सिता परियारले बानेश्वर स्थित प्रहरी कार्यालयमा उजुरी समेत दिएकी थिइन् । प्रहरीले बहुविवाहमा मुद्दा चलाउने तयारी समेत गरेको थियो । तर, राजनीतिक दबावपछि उनी छुटेका थिए ।

बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले यसअघि नै महासचिव मेखराजलाई पार्टीबाट निष्काशन गरेको बताएका थिए । तर, उनले यस्तो दाबी गरेपनि परियार भने पार्टी महासचिवको हैसियतमा माओवादी केन्द्रमा सामेल भएका छन् ।माओवादी केन्द्रमा उनलाई प्रवेश गराइएपछि सामाजिक सञ्जालमा माओवादी कार्यकर्ताले नै विरोध गरेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.