अब भारतभरी नेपाली फिल्म रिलिज हुने, सुरुवात “लुट २”बाट

नेपाली बजारमा भारतीय सिनेमाहरुले राज गर्ने गरेको छ । कहिलेकाँही त भारतको चर्तित सिनेमा लागेको बेलमा नेपालमा सिनेमाहरु नै लगाउने गर्दैनन् नेपाली बितरकहरु । अब भने नेपालकमा भारतीय सिनेमा मात्र नभएर मुम्बईमा पनि नेपाली फिल्म रिलिज हुने भएको छ ।

गौरांङ फिल्मस् एण्ड डिस्ट्रिब्युटरसले मुम्बई लगायत भारतका विभिन्न सहरहरुमा नेपाली फिल्महरु एकसाथ रिलिज गर्न लागेको हो । गौरांङ फिल्म्सका निर्देशक कमल सिंहका अनुसार प्रारम्भमा भारतभरी नेपाली सुपरहिट फिल्म ‘लुट २’ रिलिज हुने भएको छ । यो फिल्म मुम्बईको नन्दी हल बान्द्रा, मल्हार हल ठाणे र नटराज हल चेम्बुर लगायतका हलहरुमा आइतवार बिहान ९ बजे एकसाथ रिलिज हुने भएको छ । यसैगरी सोहि मितिमा देहरादुनमा पनि उक्त फिल्म प्रदर्शन हुने भएको छ ।

गौरांङ फिल्मस् एण्ड डिस्ट्रिब्युटरसले दश वर्ष पहिले पनि भारतमा नेपाली फिल्महरुको प्रदर्शन गर्दै आएको थियो । त्यसबेलाका फिल्महरुलाई दर्शकहरुले नरुचाएपछि वितरक कमल सिंहले ति फिल्महरुको प्रदर्शन बन्द गरेका थिए । अचेल बन्ने गरेका नेपाली फिल्महरुको कथावस्तु, प्रस्तुतिकरण र प्रविधिमा सुधार आएको र भारतका चलचित्रप्रेमी दर्शकहरुको माग भएका कारण फेरी गौरांङ फिल्मस् एण्ड डिस्ट्रिब्युटरसले पुनः भारतमा नेपाली फिल्महरुको प्रदर्शन गर्ने जमर्काे गरेको निर्देशक कमल सिंहले बताए । source:gazzabkoonline

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.