बिश्वकै खुंखार कुख्यात अपराधी चार्ल्स शोभराजले भने : म यसपटक बाँच्छु कि बाँच्दिनँ, मलाई नेपालको जेलमै मार्ने धम्कि आइरहेको छ

काठमाडौं,२५ जेठ । ‘विकिनी किलर’का नामले संसारभर कुख्याती कमाएका चार्ल्स शोभराजको कडा सुरक्षा घेराबीच मुटुको जाँच गरिएको छ ।

नेपालको जेलमा रहेका शोभराजको आगामी शनिबार ओपन हार्ट सर्जरी हुन लागेको भारतीय पत्रिका दि इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

शोभराज केही दिनअघि हृदयघात भएर केन्द्रीय कारागारमै ढलेका थिए । ७३ वर्षीय कुख्यात अपराधी शोभराज विगत १४ वर्षदेखि नेपालको जेलमा छन् ।

इण्डियन एक्सप्रेसले शोभराजसँग अस्पतालबाटै टेलिफोनबाट कुरा गरेको जनाएको छ ।

शोभराजले भनेका छन्– मलाई थाहा छैन, म यसपटक बाँच्छु कि बाँच्दिनँ । मलाई मृत्युको धम्की आइसकेको छ । उसै पनि फ्रान्समा भन्दा नेपालमा ओपन हार्ट सर्जरीमा बढी खतरा हुन्छ । नेपालमा ३ देखि ५ प्रतिशत मान्छेको ओपन हार्ट सर्जरीमा ज्यान जान सक्छ, जब कि फ्रान्समा १ प्रतिशतमात्र खतरा रहन्छ ।

गंगालाल अस्पतालका कार्डियोलोजिस्टहरुले आफूलाई जतिसक्दो चाँडो मुटुको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको शोभराजले बताएका छन् । उनको मुटुको एउटा भल्भ पूरै ड्यामेज भएको र अर्को आधा ड्यामेज भएको विज्ञहरुले बताएका छन् ।

शोभराजले भनेका छन्– सर्बोच्च अदालतमा भएको एउटा सनुुवाइमा मविरुद्ध केस हाल्ने एउटा स्थानीय व्यक्तिले मलाई फेरि धम्की दियो, उसले मलाई नेपालकै जेलमा मरेको हेर्न चाहान्छु भन्यो

शोभराजले भनेका छन्–अवश्य पनि म नर्भस भएको छु ।

बिगत ५ वर्षदेखि शोभराजको मुटुको नियमित जाँच गरिरहेका एक बरिष्ठ मुटु रोग विशेषज्ञले शोभराजको अवस्था खतरायुक्त नभए पनि धेरै गम्भीर रहेको बताएको इन्डियन एक्सप्रेसले दाबी गरेको छ । चिकित्सकले भनेका छन्– उनको तत्काल मुटुको भल्भ फेर्नुपर्ने देखिएको छ । उनलाई मैले जेलमै गएर नियमित जाँच गरिरहेको छु ।आगामी शनिबार उनको भल्भ फेरिन्छ ।

शोभराजले आफ्नो मुटु रोगको रिपोर्ट आफ्नो साथी मार्फत फ्रान्स र बेलायतका मुटुरोग विशेषज्ञहरुलाई पनि देखाएका थिए । आफू एक वर्षअघि नै नेपालको जेलबाट मुक्त हुनुपर्ने भए पनि यहाँका सरकारी अधिकारीहरुले आफू विरुद्ध जुनसुकै घटना हुने भएकाले उनीहरुलाई मलाई खतरामा पार्न नचाहेको शोभराजको प्रतिक्रिया छ ।

शोभराजले भनेका छन्– हालसालै नेपालको सर्बोच्च अदालतमा भएको एउटा सनुुवाइमा मविरुद्ध केस हाल्ने एउटा स्थानीय व्यक्तिले मलाई फेरि धम्की दियो । उसले मलाई नेपालकै जेलमा मरेको हेर्न चाहान्छु भन्यो । त्यसैले मैले फ्रान्सेली दूतावासमा आफ्नो ज्यान सुरक्षाका लागि लेखेर पठाएको छु ।’

भारतीय पत्रिकालाई शोभराजले भनेका छन्– ‘मलाई उनीहरुले नेपाल सरकारबाट अस्पतालमा पूर्ण सुरक्षाको ग्यारेन्टी गरिएको बताएका छन् । शोभराजले आफूलाई जेलभित्र खाना पकाएर खान नदिइएको भन्दै आफू कमजोर हुँदै गएको बताएका छन् ।

केही वर्षअघि शोभराजसँग १८ वर्षीया नेपाली किशोरी निहिता विश्वासले जेलभित्रै बिहे गरेकी थिइन् । तर पछिल्लो समयमा उनी शोभराज भेट्न जान छाडेकी छन् ।

आफू अस्पतालमा पनि ह्वीलचेयरमा आएको र उपचारपछि आफूले पुनः रिहाईका लागि पुनरावेदन गर्ने शोभराजले बताएका छन् ।

पेरिस फर्किएर आफूले धेरै काम गर्ने योजना बनाएको समेत शोभराजले बताएका छन् । शोभराजको जीवन र उनले गरेका अपराधसँग सम्बन्धित किताब प्रकाशन भइरहेको छ । अनलाइनखबरबाट साभार

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.