निखिल उप्रेतीले आफ्नै साली भित्र्याएपछि…

काठमाडौँ। ‘एक्सन किङ’ भनेर प्रचारित निखिल उप्रेतीले अन्ततः आफ्नै साली भित्र्याएका छन् । उनले आफ्नो निर्देशनमा बन्न लागेको चलचित्र ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ मा साली शिवानी लुइँटेललाई नायिकाको भूमिकामा अभिनय गर्न भित्र्याएका हुन् । नायिका संचिता लुइँटेलकी बहिनी शिवानी त्यस चलचित्रमा अभिनय गर्न भिनाजुसँग राजी भएकी छन् । सर्वविदित छ संचिता निखिलकी जीवन सँगिनी हुन् । झट्ट हेर्दा उस्तै मुहारका दिदी र बहिनीलाई छुट्याउन दर्शकलाई समेत हम्मे पर्ने चर्चा चलेको छ कलिउडमा ।

बहिनी पनि आफ्नै बाटोमा आएपछि निकै खुशी हुँदै नायिका संचिताले फेसवुक मार्फत बहिनीलाई बधाइ दिँदै ‘वेलकम टु आवर मुभी इन्डष्ट्री डियर…’ भनेर स्टाटस पनि राखेकी छिन् । दुई बच्चाकी आमा संचिता आफू नेपाली फिल्म क्षेत्रमा त्यति जम्न नसके पनि बहिनीलाई सफल बनाएर सन्तुष्टी लिने ताकमा छिन् । दिदीको मनोकामना पूरा गर्न शिवानी कति सफल होलिन् त्यो भने साली भेनाको लगनसिलतामै निर्भर हुनेछ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.