काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको पाईप गाड्ने क्रममा तीन जनाको मृत्यु भएको छ। राजधानीको सीतापाईला चोकमा बुधबार विहान दुई बजे पाईप गाड्न खाल्टोमा छिरेका उनीहरुलाई माटोको ढिस्कोले पुरेको थियो।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख डिएसपी कोमल शाहका अनुसार मृत्यु हुनेमा पर्वतका तेजबहादुर केसी सप्तरीका श्यामसुन्दर राम र सन्तोष दास रहेका छन्।
माटोको ढिस्कोले पुरेपछि प्रहरी घटनास्थलमा पुगेर शव झिकेको थियो। शव पोष्टमार्टमको लागि महाराजगंजस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगंज पुर्याईएको जानकारी डिएसपी शाहले दिनुभयो। annapurnapost
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.