डेढ अरबकी मालिक्नी हुन् दीपिका पादुकोण, जान्नुहोस् कुन अभिनेत्रीसँग छ सबैभन्दा बढी धन ?

बलिउडका नायिका फिल्मबाट करोडौं कमाउछन् । तर उनीहरुका कमाईको आधार फिल्म मात्रै होइन । फिल्म बाहेक अन्य तरिकाबाट पनि उनीहरुले कामाउने गरेका छन् । जसमा मुख्य आधार हो व्यापारिक विज्ञापन । केही नायिकाको बिजनेश पनि छ । जान्नुहोस् बलिउडकी सबैभन्दा धनी नायिका को हुन् ?

१. ऐश्वर्या राय

बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मध्ये एक ऐश्वर्या रायसँग पैसाको कुनै कमि छैन । उनले बलिउडका साथै हलिउडमा समेत काम गरिसकेकी छन् । उनको विज्ञापन खेलको पारिश्रमीक ज्यादै बढी छ । उनी करिब ३५ मिलियन डलरकी मालिक्नि हुन् ।

२. अमीषा पटेल

लामो समयदेखि फिल्मबाट टाढा रहेर पनि अमीषासँग पैसाको कुनै कमी छैन । उनले अहिलेसम्म विवाह गरेकी छैनन् । तर उनले आफ्नै प्रोडक्शन हाउसबाट राम्रो पैसा कमाउछीन् । उनीसँग करिब ३० मिलियन डलर सम्पती छ ।

३. दीपिका पादुकोण

संसारका १० सबैभन्दा बढी कमाउने अभिनेत्रीको सूचीमा भारतीय अभिनेत्री दीपिका पादुकाणको नाम छ । अहिले उनीसँग करिब २० मिलियन डलर सम्पती छ ।

४. काजोल

अजय देवगणकी पत्नी साथै अभिनेत्री काजोल अचेल धेरै कम फिल्ममा देखिन्छीन् । यसका साथै उनी केही विज्ञापनमा समेत देखिन्छन् । उनले अजय देवग०ाको प्रोडक्शन हाउसलाई मजाले सम्हालेकी छन् । साथै आफु पनि विजनेश गर्छिन् । उनी करिब १६ मिलियन डलरकी मालिक्नि हुन् ।

५. करिश्मा कपुर

करिश्मा कपुरले धेरै बर्ष पहिले अभिनय गर्न छोडिन् । तर उनले विज्ञापनबाट खुब पैसा कमाएकी छन् । उनले बिजनेसमा पनि राम्रो पैसा कामाएकी छन् । अहिले उनको साथमा १२ मिलियन डरल सम्पती छ ।

६. प्रिति जिन्टा

बलिउडबाट प्रिति भलै टाढा भइन । तर उनले विनेशबाट अत्यान्तै राम्रो पैसा कमाएकी छन् । उनी आईपीएल टिमको सह–मालिक्नि समेत हुन् । प्रितीले अहिले एक अमेरिकी विजनेशम्यानसँग विवाह गरेकी छन् । उनीसँग १० मिलियन डलर सम्पती छ ।

७. प्रियंका चोपडा

मोडल, अभिनेत्री र मिस वर्ल्ड समेत रहेकी प्रियंकाले कम समयमा धेरै राम्रो काम गरिन् । उनले हलिउडमा समेत काम गरेकी छन् । उनीसँग ८ मिलियन डलर सम्पती छ । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.