पल्सर मोटरसाइकलको मूल्य बढ्यो, कुन मोडलको कति ?

नेपालमा बजाजको पल्सर मोटरसाइकलको मूल्य बढेको छ। भारतमा बजाजले आफ्नो मोटरसाइकलको मूल्य बढाएपछि नेपालमा पल्सर मोटरसाइकलको मुल्य बढेको हो।

पल्सर १५० सिसि, १८० सिसि, पल्सर २ सय ५० सिसि, एनएस २०० को मूल्य बढेको हो।सबै मोटरसाइकलमा एक एक हजार मूल्य बढेको नेपालस्थित बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले जनाएको छ।

लोकप्रिय मोटरसाइकल पल्सर १५० सिसिको नयाँ मुल्य २ लाख ३८ हजार ९ सय कायम भएको छ।यसअघि पल्सर १५० सिसिको मूल्य २ लाख ३७ हजार ९ सय कायम थियो।त्यस्तै पल्सर २२० सिसिको मूल्य एक हजार बढेर २लाख ८६ हजार ९ सय भएको छ।

त्यस्तै पल्सर १८० को मूल्यमा १ हजार बढेर यसको मूल्य २ लाख ४८ हजार ९ सय कायम भएको छ।
एनएस २०० मा पनि १ हजार बढेर २ लाख ९१ हजार ९०० सय कायम भएको छ। आरएस २०० को मुल्य भने बढेको छैन।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.