यो हो स्वर्ग जाने भर्याङ, चढ्न मनाही छ किन होला ?

झण्डै ४ हजार खुटि्कला भएको एउटा भिमकाय भर्याङ, जसलाई स्वर्गको सिँढी पनि भनिन्छ । यो भर्याङ चढ्नु गैरकानूनी हो, तर दैनिक सयौँ मानिस यो भर्याङ चढ्नकै लागि आउँछन् । अमेरिकाको हवाई राज्यमा रहेको यो अद्वितीय भर्याङ ओवाहु टापुको भ्याली अफ हेकुदेखि पु उकेहिकाहु नामको पहाडको ७ सय ५६ मिटर उचाइको चुचुरोसम्म ठडिएको छ । यो भर्याङ सन् १९४०को दशकमा निर्माण गरिएको हो ।

अमेरिकी जल सेनाको रेडियो एन्टेना राख्नका लागि यसको निर्माण भएको थियो । अहिले पनि त्यहाँ २ लाख वाटको रेडियो ट्रान्समिटर र एन्टेना देख्न सकिन्छ । तर अहिले यो पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ । हैकु भर्याङलाई मर्मतका लागि भनेर सार्वजनिक प्रयोगमा रोक लगाइएको छ । तर मानिसहरु भने ठूलो संख्यामा जबरजस्ती यो भर्याङ चढिरहेका हुन्छन् ।

यसका सुरक्षा गार्डले पनि रोक्न सक्दैनन् । भर्याङको टुप्पोबाट साँच्चीकै स्वर्गसरी सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । र अर्को कुरा यो लामो भर्याङ चढ्नु आफैमा जोखिमपूर्ण छ र बीचमा कुनै दुर्घटनामा परेमा वा चिप्लिएमा सिधै स्वर्ग जाने सम्भावना पनि कायमै हुन्छ ।gorkhalikhabar.info

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.