काठमाडौं, असार २ – नेपाल आयल निगम शुक्रबार रातिदेखि लागू हुने गरेर पेट्रोलिमय पदार्थको भाउ घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटाएको निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिनुभयो ।
अब पट्रोल प्रतिलिटर एकसय रुपैयाँमा पाइने छ भने डिजेल र मट्टितेल ७६ रुपैयाँ प्रतिलिटरमा पाइनेछ । निगमले खाना पकाउने ग्यासको भाउमा भने कुनै फेर बदल गरेको छैन । ग्यासको प्रति सिलिण्डर १३ सय ५० रुपैयाँ छ । नेपाललाई पेट्रोलियम पदार्थ दिने भारतीय आयल कर्पोरेशनले तय गर्ने मूल्यको आधारमा नेपाल आयल निगमले स्वचालित मूल्य लागू गर्दै हरेक १५–१५ दिनमा मूल्य समायोजन गर्ने भनिए पनि झण्डै १० महिनापछि पट्रोल, डिजेल र मट्टितेलको भाउ घटेको हो ।
मूल्य समायोजना नगरेकै कारण निगमले पछिल्ला केहि महिनामा मासिक ३४ करोड रुपैयाँ नाफा कमाउँदै आएको थियो । निगमले नाफाबाट कर्मचारीहरुलाई बोनस दिने समेत तयारी गरिरहेको छ ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.