लोडसेडिङ हटाएका कुलमानको ट्राफिक जाम हटाउने उपाय

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाउन गृहमन्त्रीलाई सुझाव दिएका छन्।

शुक्रबार गृह मन्त्रालयमा आयोजित ट्राफिक व्यवस्थापन कार्यक्रममा उनले काठमाडौं सवारी साधन धेरै भएको भन्दै पिक आवरमा सार्वजनिक यातायत बाहेक अन्य गाडीहरुलाई चल्न दिन नहुने बताए। भेहिकल फ्लो पिक टाईममा पब्लिक गाडी बाहेक अन्यलाई कम गरेर व्यवस्थापन गर्न सकिन्छ उनले भने।

‘हाम्रोमा स्पिड मेन्टेन छैन, गाडी कत्ति समय रोकिने भन्ने पनि छैन’ उनले भने, ‘सड्क बत्ति ब्यवस्थापन कसले गर्ने हो, किनकि सड्क पनि उज्यालो हुनुपर्छ ।’ प्रहरी प्रमुख प्रकाश अर्यालले अब्यवस्थित पार्किङ हटाउनुपर्ने बताए। पार्किङ टेण्डर बन्द गर्न उनले सुझाव दिए। ‘पे–पार्किङमा गुण्डाराज भयो, ईलेक्ट्रोनिक मिटर पार्किङ गरौं’ उनले भने, ‘पार्किङको टेण्डर नगरौं, काठमाडौंमा गुण्डाराज शुरु हुन्छ †’

काठमाडौंमा सवैलाई आफ्नै सवारी चाहिएकाले ट्राफिक ब्यवस्थापन चुस्त हुन नसकेको तर्क गर्दै प्रहरी प्रमुख अर्यालले सिन्डीकेट पनि ट्राफिक ब्यवस्थापनको मुख्य समस्या रहेको बताए ।

सड्क विभागका महा–निर्देशक गोपाल सिग्देलले आगामी आर्थिक बर्षभित्र काठमाडौंका ३५ स्थानमा ट्राफिक संकेत बत्ति जडान गर्ने प्रतिवद्धता जनाए । काठमाडौं उपत्यका नगर विकास प्राधिकरणका आयुक्त भाईकाजी तिवारीले उपत्यकामा पार्किङको समस्या ठुलो रहेको उल्लेख गर्दै त्यसलाइ व्यवस्थापन गर्न सकेमा ट्राफिक समस्या धेरै हदसम्म समाधान हुने दाबी गरे ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मिङ्मार लामाले १ बर्षमा ६ लाख सवारीलाई कारवाही गर्दापनि ट्राफिक सुधारको संकेत देखा नपरेको बताए ।

ठुला बस र ट्रकलाई चक्रपथ बाहिर पार्किङको ब्यवस्थापन गरेर संकेत बत्ति हाल्न सकेमा ट्राफिक ब्यवस्थापन सुधार्न सकिने डिआईजी लामाले बताए ।

सड्क विभागका महानिर्देशक रुपनारायण भट्टराईले ओभरलोड जाँच्ने मेशिन विभागसँग नभएको र आवश्यक स्रोत नहुँदा सड्कमा सिसीटिभी समेत राख्न नसकेको बताए ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यो वा त्यो नभनिकन फुटपाथको ब्यापार हटाउने बताए । setopati

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.