निसन्तान दम्पत्तीले बेवारिसे बालिकाको छैठी अस्पतालमै मनाइदिए..

बर्दिया : आइतबार बर्दियामा बेवारिसे भेटिएकी बालिकाको जिल्ला अस्पताल गुलरियामा छैठी भएको छ। विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रमा कार्यरत एक कर्मचारीका दम्पतीले हिन्दु धार्मिक परम्परा अनुसार शुक्रबार साँझ बालिकाको छैठी गरेका हुन्।

कपिलवस्तु जिल्ला भगवानपु ७ स्थायी घर भएका दम्पती ०५५ साल देखि गुलरिया नगरपालिका वार्ड नम्वर ७ स्थित वगलामुखी मन्दिर टोलमा अस्थायी वसोवास गर्दै आएका छन्। विक्रम सम्वत ०५४ सालमा विवाह बन्धनमा वाँधिएका ४३ बर्षिय विरेन्द्रकुमार पाण्डे र ३५ वर्षीया गीता पाण्डे निसन्तान छन्।

पाण्डे दम्पतीले बालिका भेटिएको समाचार थाहा पाउने वित्तिकैदेखि अस्पताल पुगेर स्याहार सुसार समेत गर्ने गरेको अस्पतालले जनाएको छ। बालिकालाई सन्तानको रुपमा प्राप्त गर्न उनीहरुले प्रयास गरिरहेका छन्।

चिकित्सकले सन्तान नहुने बताएपछि श्रीमान श्रीमतीको सल्लाहले बालिकालाई छोरी बनाउन खोजेको विरेन्द्रकुमारको भनाइ छ। उहाँले भन्नुभयो, ‘सन्तानको रहर भएकाले अस्पतालमै छैंठी गरेका हौं।’ घरमा मासिक २० हजार रुपैयाँ आम्दानी र ६ विगाह जमिन भएकाले बालिका हुर्काउन कुनै समस्या नपर्ने उहाँको भनाइ छ।

पाण्डेले थप्नुभयो श्रीमतीको पाठेघरको नली जाम भएकाले डाक्टरले बच्चा नहुँने भनेका छन्। कृपा गरी बालिका दिएर कोख भरिदिए धेरै आभारी हुने थियौं। सोमवार अन्नपूर्ण पोस्ट अनलाइनमा बेवारिसे बालिका पाल्न चाहानेको खोजी भन्ने शीर्षकको समाचार प्रकाशित भएपछि बालिकालाई अभिभावकत्व प्रदान गर्न हजारौं हातहरु आतुर भएका छन्। जिल्ला बाल कल्याण समिति बर्दियाको बैठक वसी बालिका पालन पोषणको लागि दिने सम्बन्धमा क्राइट एरिया सम्बन्धी निर्णय गरेको छ। जसका लागि १५ दिने सूचना टाँसगरी निवेदन माग गरिएको छ।

समितिको निर्णय अनुसार कुनै पनि बच्चा नभएको र बच्चा हुने सम्भावना नभएको नेपाली नागरिक, अभिभावक कुनै पनि फौजदारी अभियोगमा नदेखिएको राम्रो आचरण भएको व्यक्ति, बालिकाको शिक्षा, पालनपोषण, विवाहसम्म र पछिको अवस्थालाई आयश्रोतले धान्न सक्ने, स्थायी रुपमै नेपालमा वसोवास गरेको तथा बालिकाको सर्वोत्तम हितलाई सर्वोपरि राख्ने लगायतका निर्धारण गरिएको महिला तथा बाल बालिका कार्यालय बर्दियाकी महिला विकास अधिकृत गिराकुमारी बस्नेतले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो धेरै ठाउँबाट बालिका पाल्न माग गरेकाले हामीले क्राइट एरिया भित्र पर्ने एकजना अभिभावकलाई बालिका हस्तान्तर गर्छौ। बालिकालाई जिल्ला अस्पताल बर्दियामै चिकित्सकको निगरानीमा राखिएकाले स्वास्थ्य अवस्था राम्रो छ।annapurnapost

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.