कङ्गोमा नेपाली सेना तथा विद्रोहीबीच झडप

असार ४, २०७४- अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गत ‘मोनुस्को’ मिशन कङ्गोमा कार्यरत नेपाली सेना र त्यहाँको विद्रोहीबीच झडप भएको छ । झडपमा पाँच विद्रोहीको मृत्यु भएको छ भने दुई नेपाली सैनिक घाइते भएका छन् । घाइते नेपाली सैनिकको अवस्था सामान्य रहेको र उनीहरुको परिवारलाई स्वास्थ्य अवस्थाबारे जानकारी गराइसकेको नेपाली सेनाले बताएको छ ।

शम्शेरदल गण २३ औं डफ्फाको सैनिक गस्तीमाथि स्थानिय विद्रोही समूह माई–माईद्वारा भएको आक्रमणको प्रतिकार गर्दा नेपाली सेनाको २ जवान घाईते भएको सैनिक जनसम्पर्क निर्देशनालयले आइतबार जनाएको हो । उक्त झडपमा विद्रोहीतर्फ नेपाली शान्ति सैनिकले प्रहार गरेको गोली लागि ५ जना विद्रोहीको मृत्यु भएको छ ।

उक्त घटनामा विद्रोहीबाट बरामद भएका एके–४७ राईफल २ र सो को एम्युनिशन ५० राउण्ड कंगोको राष्ट्रिय सेना लाई बुझाइएको छ । गण रहेको स्थान बेनीबाट करिब २२ कि.मी. टाढा कवास भन्ने स्थानमा भएको उक्त झडप भएको र घाइते नेपाली सैनिकहरुको गोमास्थित युएनको लेवल ३ अस्पतालमा उपचार भई रहेको सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ । अहिले उक्त स्थानको स्थिति नियन्त्रणमा रहेको बताइएको छ ।ekantipur

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.