दीपिका र क्याट्रिनासँगको ब्रेकअपपछि बिहेका विषयमा यस्तो घोषणा गरे रणवीरले

काठमाडौँ – केही समयअघि चर्चा थियो, रणवीर कपुर बिहेका लागि केटी हेर्न आमा नीतु कपुरसँग लन्डन गए । उनले लन्डनमै बस्ने उच्च घरानाका व्यापारीकी छोरीसँग मागी बिहे गर्ने बताइएको थियो । आमा नीतुले मन पराएकी ती युवतीसँग रणवीरले घरजम गर्ने धेरैको अड्कल थियो । यो विषयमा रणवीरकै मुखबाट भने कुनै प्रतिक्रिया बाहिरिएको थिएन । तर, अब भने उनी चुप बस्न सकेनन् । रणवीर मागी बिहेको विषयमा बोलेका छन् ।

बिहेबारे रणवीरले बोलेका कुराले सबैभन्दा पहिले उनकै बाबुआमालाई निराश तुल्यायो होला । उनले भारतीय एक मिडियामार्फत भनेका छन्, ‘म अभिभावकको खुसीका लागि कहिल्यै बिहे गर्दिनँ । मेरो खुसी महत्वपूर्ण कुरा हो ।’ उनले आफूले पनि मन पराउने र आफूलाई पनि मन पराउने केटीसँग बिहे गर्ने बताएका छन् । आपसी समझदारीविना बिहे गर्न नसक्ने उनको भनाइ छ । नयाँ पत्रिकाले छापेको छ ।

रणवीरको यो भनाइलाई लिएर विभिन्न तर्क गर्न थालिएको छ । कतै उनले कुनै युवतीसँग बिहे गर्ने योजना पहिल्यै त बनाइसकेका छैनन् रु यस्ता अड्कलबाजी जोडतोडले गर्न थालिएको छ । रणवीर अहिले सञ्जय दत्तको बायोपिकको सुटिङमा व्यस्त छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.