निशा अधिकारी र शरद भेषवाकर विवाह बन्धनमा बाधिँदै

काठमाडाैँ, २ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेषवाकरसङ्ग ब्रेकअप भएको हल्ला चलेकाे धेरै समय नबित्दै नायिका निशा अधिकारी उनै शरदसङ्ग विवाह बन्धनमा बाँधिन लागेको खबर बाहिर अाएको छ ।
उनीहरु यहि असारको दाेस्राे साता विवाह गर्न लागेका हुन् । केहि दिन अगाडि मात्र पनि शरद निशालाई भेट्न चितवन पुगेका थिए । निशा पोखराकी कान्छी’ फिल्मको सुटिङको लागि चितवनमा थिइन् । शरद पुगेपछि निशाले ‘पोखराकी कान्छी’ को बाँकी सुटिङ विवाहपछि गर्ने काठमाण्डाै फर्किएकी छिन् ।
विवाहको चर्चा चलेपनि उनीहरु दुबैले आधिकारिक रुपमा भने कुनै कुरा बोलेका छैनन् । तर पनि उनीहरु विवाह गर्ने अन्तिम सोचमा पुगिसकेको जनाइएकाे छ ।
गत वर्ष निशा अभिनित ‘जय परशुराम’ रिलिज ताका शरदसँग ब्रेकअप भएको हल्ला चलेको थियो । त्यो हल्लापछि उनीहरु पहिलो पटक चितवनमा संगै देखा परेका हुन् । शरद र निशा भेट हुँदाको तस्वीर ‘पोखराकी कान्छी’ का निर्माताले खिचेका छन् । medianp

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.