प्रेम र देशभक्तिपूर्ण भावनाले भरिएको फिल्म हो ‘प्रेमगीत २’, ट्रेलर हेरेपछि थप रहस्य खुल्नेछ

काठमाडौँ । गीत संगीतका कारण चर्चा कमाएको चलचित्र ‘प्रमेगीत’को सिक्वेलले गीतसंगीतको आफ्नो अघिल्लो चलचित्रको उचाईलाई कायम राख्दै ‘प्रेमगीत २’ ले माया प्रेमसँगसँगै देशभक्तीपूर्ण भावनाले भरिएको फिल्म भएको बताएको छ । ताजाखबरसँगको कुराकानीमा चलचित्रका निर्माता सन्तोष सेनले चलचित्रले प्रेम र रोमान्स सँगसँगै एउटा किशोरी उमेरकी युवतीले आफ्नो मातृभूमी र यहाँको माटोलाई गरेको माया र प्रेमलाई उजिल्याउने प्रयास गरेको बताए ।

थाइल्याण्ड, बर्मा र नेपालमा खिचिएको चलचित्र ‘प्रेमगीत २’ साउन १३ गतेबाट रिलिज हुने तयारी भइररहेका बेला चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलता आम दर्शकमाझ बढीरहेका बेला प्रदिप खड्का र अश्लेषा ठकुरी अभिनित चलचित्रले गीतका माध्यमबाट विदेशमा बस्नेहरुले बाध्यतामा समय बिताएपनि उनीहरुको मनमा नेपाली पना उत्तिकै हुने गरेको परिस्थ्तिीतिले कथालाई प्रेमसँगसँगै जीवन भोगाईका माध्मबाट कथा भनेको बताए ।

निर्माता सेनले कुराकानीका क्रममा फिल्मले म्यानमारमा रहेको एउटा नेपाली युवकले स्वदेशमा फर्केपछि आफ्नो प्रेम पाएको र आफ्नो देशको माटोको मूल्य समेत बुझेको कुरालाई जिवन्त शैलीमा उठाएको रहस्य समेत खोले । ३ वटा गीत र चलचित्रको क्लाईमेक्स सिन समेत बाहिर ल्याएको चलचित्र यूनिटले सोमबार चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी गरेको छ । ट्रेलर हेरेपछि थप सस्पेन्स खुल्ने र केही कौतुहलता बढाउने निर्माता सेनले दाबी गरे । etajakhabar.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.