३२० रुपैयाँमा किनेको औँठी ३७ वर्षपछि पौने नौ करोडमा बिक्यो

लण्डनकी एक महिलाले ३७ वर्षअघि एउटा औँठी झण्डै ३ सय २० रुपैयाँ बराबरको मूल्यमा खरीद गरेकी थिइन् । सेल लागेको बेला उनले निकै सस्तो मूल्यको उक्त औँठी किनिन् र पछिल्लो ३७ वर्षदेखि उनले लगभग हरेक दिनजसो नै सो औँठी लगाइरहिन् ।

उनलाई औँठी निकै मन परेको थियो तर त्यो औँठी असली हिराको हो भन्ने कुरा चाहीँ थाहा थिएन । उसो त त्यति सस्तोमा त्यो औँठी बेच्नेलाई पनि त्यसको पत्तो थिएन होला ।

एकदिन ती महिलाले आफुले ३७ वर्षदेखि लगाउँदै आएको औँठी आखिर के को रहेछ भन्ने जान्न मन लागेछ र स्थानीय गहना पसलमा गएर जाँच गराइछन् । जब गहना पसलेले उनको औँठी असली हिराको भएको कुरा बतायो तब उनको खुसीको ठेगाना रहने कुरै भएन ।

गहना पसलेले उक्त औँठी २६.२७ क्यारेट हिराको भएको पुष्टि गरिदियो । जस अनुसार त्यसको परल मूल्य नै अढाइ देखि साढे ३ लाख पाउण्ड सम्म पर्दथ्यो ।

निकै पूरानो त्यो औँठीको बारेमा थाहा पाएपछि गहनाको लिलामी गर्ने एक संस्थाले ती महिलासँग सम्पर्क गर्यो अनि उनीसँगबाट लिएर त्यो औँठी लिलामी गर्यो । अन्त्यमा त्यो औँठी झण्डै पौने ९ करोड रुपैयाँ बराबरको मूल्यमा बिक्यो ।

वास्तवमा उक्त औँठीमा प्रयोग गरिएको हिराको टुक्रा निकै पूरानो ढंगले काटिएको र सोही अनुसार औँठीमा जोडिएको हुँदा त्यसको माथिल्लो भागबाट प्रकाश परावर्तन हुन पाउँदैनथ्यो र हिरा चम्किँदैनथ्यो । त्यसैले त्यो औँठी असली हिराको हो भन्ने कुराको भेउ सुरुमा कसैले पाउन सकेन ।
एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.